काठमाडौं - चाल्र्स तृतीयको राज्याभिषेकबाट फर्केलगत्तै परराष्ट्रमन्त्री एनपी साउद आज बिहान ११ बजे बंगलादेशको ढाका जाँदै छन् ।
छैटौं इन्डियन ओसन कन्फेरेन्स–२०२३ मा सहभागी हुन उनी बंगलादेश जान लागेका हुन् । साउदका स्वकीय सचिव दिपककुमार जोशीका अनुसार कन्फेरेन्स दुई दिन चल्ने छ ।
हिन्द महासागर क्षेत्रको दिगो भविष्यका लागि शान्ति, समृद्धि र सहकार्य गर्न मूल कार्यपत्रमा छलफल गर्न सम्मेलन आयोजना गरिएको हो ।
भारतीय विदेश मन्त्रालय, इन्डिया फाउन्डेसन र बंगलादेशको विदेश मन्त्रालयको संयुक्त आयोजनामा हुने सम्मेलन अवधिमा परराष्ट्रमन्त्री साउदले भारतीय विदेशमन्त्री एस. जयशंकर र बंगलादेशी राष्ट्रपति शेख हसिनासँग भेटवार्ता गर्ने कार्यक्रम पनि छ।
कार्यक्रममा भारत र बंगलादेशसहित दुई दर्जनभन्दा बढी मुलुकका परराष्ट्रमन्त्री, मन्त्रीहरू तथा सरकारी तहका अन्य उच्च पदाधिकारीहरू उपस्थित रहने बताइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।