आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

परराष्ट्रमन्त्री एनपी साउदले भेटे बेलायतका राजा चाल्र्स तृतीय र प्रधानमन्त्री ऋषि सुनकलाई

परराष्ट्रमन्त्री एनपी साउदले भेटे बेलायतका राजा चाल्र्स तृतीय र प्रधानमन्त्री ऋषि सुनकलाई

  • मिडिया डबली
  • आइतवार, बैशाख २४ २०८०

  • 1.6K
    SHARES

  • परराष्ट्रमन्त्री एनपी साउदले  भेटे बेलायतका राजा चाल्र्स तृतीय र प्रधानमन्त्री ऋषि सुनकलाई

    काठमाडौँ- परराष्ट्रमन्त्री एनपी साउदले बेलायतका राजा चाल्र्स तृतीय र प्रधानमन्त्री ऋषि सुनकलाई भेटेका छन्।

    राजा चाल्र्सको राज्याभिषेकमा सहभागी भइसकेपछि उनले दुवैसँग भेट गरेका हुन्। भेटमा साउदले राज्यारोहण गरेकोमा राजा चाल्र्सलाई बधाई दिएका छन्।

    उनले भेटका क्रममा बेलायती प्रधानमन्त्री सुनकलाई नेपाल भ्रमणको निम्तोसमेत दिएका छन्। परराष्ट्रमन्त्री साउदका स्वकीय सचिव दीपककुमार जोशीले भेटमा बेलायती प्रधानमन्त्री सुनकलाई नेपाल भ्रमणको निम्तो दिइएको जानकारी दिए।

    उनका अनुसार जवाफमा सुनकले उपयुक्त समयमा नेपाल आउने बताएका छन्। ‘बेलायती प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिँदा हुन्छ म आउँछु तर अलि ढिला हुन्छ भन्नुभयो,’ परराष्ट्रमन्त्री साउदको भनाइ उद्धृत गर्दै जोशीले भने।

    मन्त्री साउद वैशाख २१ गते राजा चाल्र्सको राज्याभिषेकमा सहभागी हुन बेलायत गएका थिए। उनी वैशख २६ गते स्वदेश फर्किने कार्यक्रम छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, जेठ २८ २०७८०१:१७:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend