काठमाडौं - नयाँ राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी परराष्ट्रमन्त्री एनपी साउद बेलायत प्रस्थान गरेका छन् ।
उनी बिहीबार बिहान बेलायत प्रस्थान गरेका हुन् । यसअघि चाल्र्स तृतीयको राज्याभिषेकमा राष्ट्रपति रामचन्द्र पौडेल जाने तय भएको थियो ।
तर पौडेलको स्वास्थ्यका कारण उनको भ्रमण स्थगित भएपछि सरकारले परराष्ट्रमन्त्री साउदलाई बेलायत पठाएको हो । बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेक आगामी शनिबार हुँदैछ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।