आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

राष्ट्रपति विरामी भएपछि परराष्ट्रमन्त्री साउद राज्याभिषेक समारोहमा सहभागी हुने

राष्ट्रपति विरामी भएपछि परराष्ट्रमन्त्री साउद राज्याभिषेक समारोहमा सहभागी हुने

  • मिडिया डबली
  • आइतवार, बैशाख १७ २०८०

  • 3.7K
    SHARES

  • राष्ट्रपति विरामी भएपछि परराष्ट्रमन्त्री साउद राज्याभिषेक समारोहमा सहभागी हुने

    काठमाडौं - परराष्ट्रमन्त्री एनपी साउद बेलायत जाने भएका छन् ।

    बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुन परराष्ट्रमन्त्री बेलायत जान लागेका हुन् ।

    यसअघि राष्ट्रपति रामचन्द्र पौडेल राज्याभिषेक समारोहमा सहभागी हुन जाने तय थियो । तर‚ स्वास्थ्यका कारण राष्ट्रपति पौडेल जान नसक्ने भएपछि सरकारले परराष्ट्रमन्त्री साउदलाई बेलायत पठाउन लागेको हो ।

    पौडेल जान नसक्ने भएपछि नेपालका राष्ट्रप्रमुखको २० वर्षपछि हुन लागेको बेलायत भ्रमण स्थगित भएको हो । आगामी वैशाख २३ गते लन्डनको वेस्टमिनिस्टर गिर्जाघरमा हुने राज्याभिषेक समारोहमा हुनेछ ।

    परराष्ट्रमन्त्री वैशाख २१ गते लन्डन गएर २४ मा फर्कनेछन् । परराष्ट्रमन्त्री भएपछि साउदको यो नै पहिलो विदेश भ्रमण हुने भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, जेठ २८ २०७८०१:१७:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend