आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

उत्तराखण्ड र सुदूरपश्चिम प्रदेश जोड्न मानसखण्ड सर्किट बनाउन पहल गर्ने परराष्ट्रमन्त्री साउदको प्रतिबद्धता

उत्तराखण्ड र सुदूरपश्चिम प्रदेश जोड्न मानसखण्ड सर्किट बनाउन पहल गर्ने परराष्ट्रमन्त्री साउदको प्रतिबद्धता

  • मिडिया डबली
  • शनिवार, बैशाख १६ २०८०

  • 1.7K
    SHARES

  • उत्तराखण्ड र सुदूरपश्चिम प्रदेश जोड्न मानसखण्ड सर्किट बनाउन पहल गर्ने परराष्ट्रमन्त्री साउदको प्रतिबद्धता

    कञ्चनपुर- परराष्ट्रमन्त्री एनपी साउदले देशकै पहिलो चिकित्सा विश्वविश्वविद्यालयका रुपमा दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई सञ्चालनमा ल्याउने गरी सरकारले तयारी थालेको बताएका छन्।

    कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मालुबेलास्थित स्वामी समैजी क्षेत्र विकास तथा सनातन धर्म संरक्षण समितिको १३ औँ साधारण सभालाई शनिबार सम्बोधन गर्दै मन्त्री साउदले गेटा मेडिकल कलेजलाई चिकित्सा विश्वविद्यालयका रुपमा सञ्चालनमा ल्याउने गरी सरकारले तयारी थालेको बताएका हुन।

    ‘गेटालाई देशकै पहिलो मेडिकल कलेज बनाउने निर्णय मन्त्रीपरिषद्ले गरिसकेको छ, अहिले यसलाई सञ्चालनमा ल्याउन सरकारले तयारी गरिरहेको छ,’ मन्त्री साउदले भने, ‘सञ्चालनको लागि ऐन बनाउनका लागि काम अघि बढेको छ ।’

    गेटामा निर्माण भएको मेडिकल कलेजलाई सरकारले दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो। यहाँ विश्वविद्यालय सञ्चालनमा आएमा सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा निकै टेवा पुग्ने मन्त्री साउदले विश्वास व्यक्त गरे। सुदूरपश्चिम पर्यटकीय, पूर्वाधार, शैक्षिकलगायत दृष्टिकोणले अथाह सम्भावना बोकेको प्रदेश भएको समेत उनले बताए।

    ‘सुदूरपश्चिम निकै सम्भावना बोकेको क्षेत्र हो, त्यसमै थुप्रै चुनौतीहरु पनि छन्,’ उनले भने, ‘क्रमिक रुपमा ती चुनौती चिर्दै अगाडि बढ्नु पर्छ ।’ विकासका सवालमा दलीय स्वार्थ भन्दा माथि उठेर एकताबद्ध भएर लाग्नु पर्नेमा मन्त्री साउदको जोड थियो ।

    भारतको उत्तराखण्ड र सुदूरपश्चिमलाई जोड्न मानसखण्ड सर्किट बनाउने सकिने उनले बताए। प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री समक्ष यसको प्रस्ताव गरिने समेत उल्लेख गरे।

    ‘मानसखण्ड क्षेत्रका धार्मिक, पर्यटकीय क्षेत्रध जोड्न सर्किट बनाउन सकिन्छ, भारत र नेपालतर्फ कति धार्मिक स्थल छन्, कसरी जोड्न सकिन्छ भनेर प्रस्ताव तयार गर्न भनेको छुँ,’ मन्त्री साउले भने, ‘यो तयार भएमा प्रधानमन्त्री ज्यूको आसन्न भ्रमणमा सरकारले भारतसमक्ष प्रस्ताव राख्छ ।’

    डडेल्धुराको परशुराम र भारतको पूर्णागिरी जोड्न पक्की पुल निर्माणको आवश्यकता रहेको उनले जनाए। ‘तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा पक्की पुलका लागि भारतसँग समझदारी भएको थियो,’ मन्त्री साउले भने, ‘बैतडीको झुलाघाटमा पक्की पुलको आवश्यक छ, यसले सुदूरलाई कुमाउसँग सहजै जोड्छ र धार्मिक तथा पर्यटन प्रवद्र्धन सघाउ पुग्नेछ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, जेठ २८ २०७८०१:१७:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend