आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

परराष्ट्रमन्त्री साउदले लिए सपथ

परराष्ट्रमन्त्री साउदले लिए सपथ

  • मिडिया डबली
  • आइतवार, बैशाख ३ २०८०

  • 2.8K
    SHARES

  • परराष्ट्रमन्त्री साउदले लिए सपथ

    काठमाडौं– परराष्ट्रमन्त्री एनपी साउदले पद तथा गोपनीयताको सपथ लिएका छन्। साउदलाई आइतबार शीतल निवासमा आयोजित समारोहमा  राष्ट्रपति रामचन्द्र पौडेलले सपथ गराएका हुन्। 

    साउद २०३६ साल देखी राजनीतिमा सक्रिय छन्। उनी २०३६ सालमा महेन्द्रनगर माध्यामिक विद्यालयको नेपाल विद्यार्थी संघको इकाइ सचिव बनेका थिए। 

    विद्यार्थी संगठनहरूमाथि लगाइको प्रतिबन्ध २०३६ सालमा हटेपछि भएको स्ववियूको निर्वाचनमा सिद्धनाथ विज्ञान क्याम्पसमा आईएस्सी पढ्दै गर्दा सचिवमा निर्वाचित भएका थिए। २०४१ सालमा नेपाल विद्यार्थी संघको निर्वाचनमा केन्द्रीय सदस्य बनेका साउद २०४८ सालमा २६ वर्षको उमेरमै केन्द्रीय अध्यक्ष निर्वाचित भएका थिए। 

    नेविसंघको इतिहासमा निर्वाचनमार्फत् चुनिएको साउदको कमिटी दोस्रो थियो। त्यसअघि पार्टी नेतृत्वले आफ्नो विश्वासपात्रलाई नेविसंघको अध्यक्ष बनाउने परम्परा थियो। ०५९ वर्तमान सभापति शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस विभाजित भएर बनेको नेपाली कांग्रेस प्रजातान्त्रिकको केन्द्रीय सदस्यका साउद कांग्रेस प्रजातन्त्रिकको ११औं महाधिवेशनमा पनि केन्द्रीय सदस्य बने। साउद ०६४ मा कांग्रेस र कांग्रेस प्रजातन्त्रिकबीच एकता हुँदा पनि केन्द्रीय सदस्य नै बनेका थिए। त्यसयता उनी निरन्तर कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित हुँदै आएका छन्।  

    २०५१ सालमा  पहिलो पटक संसदीय निर्वाचनमा प्रतिस्पर्धा गरेका साउद निर्वाचित हुन भने सकेनन्। २०५६ सालमा विजयी बनेका उनी २०६४ मा पराजित भए। २०७० मा निर्वाचित भएपनि २०७४ मा पराजित बन्न पुगेका थिए। २०७९ मा उनी पुनः निर्वाचित भएका थिए।  साउद २०५६ मा शिक्षा राज्यमन्त्री र २०७० मा सिचाईंमन्त्री बनेका थिए।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, जेठ २८ २०७८०१:१७:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend