आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नेपाली क्रिकेट खेलाडीलाई जनही तीन लाख दिने प्रधानमन्त्रीको घोषणा

नेपाली क्रिकेट खेलाडीलाई जनही तीन लाख दिने प्रधानमन्त्रीको घोषणा

  • मिडिया डबली
  • शुक्रवार, चैत्र ३ २०७९

  • 2.6K
    SHARES

  • नेपाली क्रिकेट खेलाडीलाई जनही तीन लाख दिने प्रधानमन्त्रीको घोषणा

    काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली क्रिकेट खेलाडीलाई जनही तीन लाख रुपैयाँ दिने घोषणा गरेका छन् । नेपाललाई विश्वकप क्रिकेट छनोटमा लैजान सफल नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरूलाई शुक्रबार बालुवाटार बोलाएर प्रचण्डले सम्मानस्वरुप जनही तीन लाख रुपैयाँ दिने घोषणा गरेका हुन्।

    यस क्रममा उनले देशमा निर्माणाधीन रंगशाला पनि पूरा गर्ने बताए। प्रधानमन्त्रीको निम्तोमा विश्वकप छनोटमा पुगेका नेपाली टिमका सदस्य, प्रशिक्षक र अफिसियलहरू शुक्रबार बिहान प्रधानमन्त्री निवास पुगेका थिए।बिहीबार यूएईलाई नौ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो।

    युएईसँग विश्वकप क्रिकेट लिग २ को बिहीबारको खेल सुरु हुनुअघि प्रधानमन्त्री प्रचण्ड कीर्तिपुरस्थित त्रिवि मैदानमै पुगेर नेपाली खेलाडीको हौसला बढाएका थिए । तर टस जितेर पहिले ब्याटिङ गरेको युएईले नेपालविरुद्ध रनको वर्षा बर्साएपछि प्रचण्ड निन्याउरो अनुहार लगाएर सिंहदरबार फर्केका थिए । साँझ नेपालले डकवर्थ लुइस पद्धतिका आधारमा युएईलाई हराएलगत्तै उनले बधाई दिएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, कार्तिक १६ २०७७०५:२६:३९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend