काठमाडौं– प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारीको स्वास्थ्य अवस्थामा क्रमशः सुधार हुँदै गएको छ। सांसद भण्डारीको भारतको मुम्बईस्थित नेसनल बर्न्स सेन्टरमा उपचार जारी छ ।
उनलाई अहिले ठोस खानेकुरा समेत दिइएको छ । राम्रोसँग बोलचाल पनि गरिरहेका छन्। उनलाई दिइएको अक्सिजनको मात्रा घटाइएको छ । आगोले पोलेको भागमा केही दिनअघि उनको हातखुट्टाको अपरेसन गरिएको थियो ।
उनको अस्पताल बसाइ अझै केही दिन लम्बिने देखिएको छ। पछिल्लोपटक यही फागुन १६ गते उनको दायाँ हात र बायाँ हातको केही भाग तथा औँलाको अपरेसन गरिएको थियो ।
अस्पताल प्रशासनले स्वास्थ्यकर्मीबाहेक उनका कुरुवालाई मात्र सांसद भण्डारीसम्म पहुँच दिएको छ । अरू व्यक्तिलाई भेटघाटमा प्रतिबन्ध लगाएको उनले बताए । यही फागुन ३ गते काठमाडौंको बुद्धनगरस्थित घरमा खाना पकाउने एलपी ग्यास ‘लिक’ भई आगलागी भएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।