काठमाडौं– नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले लघुबित्तका कारण सयौँ परिवारको उठिबास लागेको र झण्डै ४० जनाले आत्महत्या गरेका समाचारहरू आइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । उनले मानव सेवा र विकासका नाममा ठगी र अपराधिक गतिविधि गर्ने जो कोहीमाथि पनि कडा अनुसन्धान र कारबाही हुनुपर्ने बताए ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद भण्डारीले भने, ‘अहिले मूलधारका सञ्चारमाध्यममा लघुबित्तको कारणले गर्दा सयौँ परिवारको उठिबास लागेको, झण्डै ४० जनाले आत्महत्या गरेको समाचार आइरहेको छ । चर्को व्याज र सेवासुविधामा चर्को लेनदेन, जसबाट महिलाहरू बढी प्रभावित भएको समाचार छ । वास्तविक अवस्था के हो रु यसबारे सरकारले छानबिन गर्नुपर्यो ।’
उनले सरकारले त्यस्ता घटनाको अनुसन्धान गरी दोषीलाई कारबाहीको व्यवस्था गर्नुपर्ने बताए । ‘यति धेरै महिलाहरूले आत्महत्या गरिरहेको समाचार बन्दा पनि हामी मौन छौँ, यस्तो किन भइरहेको छ? यो भन्दा ठूलो अपराध मानव इतिहासमा केही पनि हुन सक्दैन । विकासको नाममा, सेवाको नाममा ठगी र आपराधिक काम हुनुभएन । सरकारले तत्कालै यसलाई रोक्नुपर्यो,’ उनले भने ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।