बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

ज्ञान भएका तर विवेकविहीन नेता र विज्ञहरूको मारमा हामी पिल्सिएका छौं : कांग्रेस नेता डा.चन्द्र भण्डारी

ज्ञान भएका तर विवेकविहीन नेता र विज्ञहरूको मारमा हामी पिल्सिएका छौं : कांग्रेस नेता डा.चन्द्र भण्डारी

  • मिडिया डबली
  • शनिवार, जेठ १५ २०७८

  • 7.1K
    SHARES

  • ज्ञान भएका तर विवेकविहीन नेता र विज्ञहरूको मारमा हामी पिल्सिएका छौं : कांग्रेस नेता डा.चन्द्र भण्डारी

    काठमाडौं – नेपाली कांग्रेसका बौद्धिक नेता डा.चन्द्र भण्डारीले नेपाली जनता ज्ञान भएका तर विवेकविहीन नेता र विज्ञहरूको मारमा पिल्सिनुपरेको बताएका छन् ।

    सरकारको नीति, कार्यक्रम, योजना र बजेटमा जनताका आधारभूत आवश्यकता खाना, नाना, छाना, शिक्षा र स्वाथ्यलाई प्राथमिकतामा राख्नुपर्ने भएपनि जनताले यी सुविधा नपाएको नेता भण्डारीले गुनासो गरे ।

    सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी लेख्दै नेता भण्डारीले भनेका छन्, ‘नेपालका ती नेता र विज्ञ जसले देश निर्माणको जिम्मा लिए र आफूलाई सर्वज्ञ ठाने, तिनीहरूले लिएको सोच, बनाएका योजना र गरेका कामको प्रतिफल देख्दा लाग्दछ, तिनीहरू दिमागी रूपमा रोगी थिए, अशक्त थिए ! आज हामी यही ज्ञान भएका तर विवेकविहीन नेता र विज्ञहरूको मारमा पिल्सिएका छौं । कहिले गर्ने ? कसले गर्ने ? यी हुन् उत्तरविहीन प्रश्नहरू !’

    नेता भण्डारीले लेखेका छन्, ‘हाम्रो देशमा सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम र बजेट ! अनि मेरो देशको तस्वीर ! २०६५ सालमा मेरो पीएचडीको अनुसन्धानको लागि झापा गएको थिएँ । झापाको चिया बगानमा काम गर्ने मजदुरसँग धेरै समस्याहरूको बारेमा प्रश्न राखेको थिएँ । त्यसमध्ये एउटा प्रश्न थियो, ‘नयाँ नेपालमा तपाईंहरूलाई के गर्नुपर्दछ ?’ सबैको एकस्वरको भनाई थियो, ‘हाम्रा बच्चा पढाइ देऊ र एउटा भिटा देऊ ।’ उनीहरूले बच्चाहरूबाट भविष्य खोजे, बस्ने छाप्रोको लागि घडेरी । त्यसरी नै वीरगञ्ज ठाकुरराम क्याम्पसका छात्राहरूसँगको छलफलको क्रममा माथिकै प्रश्न गरेको थिएँ । उनीहरूको जवाफ थियो, ‘दहेज प्रथाबाट मुक्त गरिदेऊ !’ अहिले पनि खाना, नाना, छाना, शिक्षा र स्वाथ्यदेखि तिनै सामाजिक समस्याहरू ज्युँकात्यूँ छन् । एउटा योजना सम्पन्न गर्न दशक लाग्दछ कि बीचैमा छोडिदिन्छ । नाकाबन्दी र भूकम्पबाट सिक्ने कोसिस गरिएन ? अहिले नयाँ समस्या थपिएको छ ‘कोरोना’ । समय बित्दै जान्छन्, कार्यक्रम बनिरहन्छ, जनताको अवस्था झन् खराब । नेपालका ती नेता र विज्ञ जसले देश निर्माणको जिम्मा लिए र आफूलाई सर्वज्ञ ठाने, तिनीहरूले लिएको सोच, बनाएका योजना र गरेका कामको प्रतिफल देख्दा लाग्दछ, तिनीहरू दिमागी रूपमा रोगी थिए, अशक्त थिए ! आज हामी यही ज्ञान भएका तर विवेकविहीन नेता र विज्ञहरूको मारमा पिल्सिएका छौं । कहिले गर्ने ? कसले गर्ने ? यी हुन् उत्तरविहीन प्रश्नहरू !’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend