काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले कांग्रेस सांसद चन्द्र भण्डारीलाई उपचारका लागि भारत लैजाने तयारी भइरहेको बताएका छन्।
ग्यास सिलिण्डर बिस्फोटबाट गम्भीर घाइते भएका भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बईस्थित अस्पताल लैजाने तयारी गरिएको गिरीले जानकारी दिएका छन्।
आज कीर्तिपुरस्थित अस्पताल पुगेर सांसद भण्डारी र उनको उपचारमा संलग्न चिकित्सकहरूसँग कुराकानी गरेका मन्त्री गिरीले सांसद भण्डारीलाई थप उपचारका लागि मुम्बई लैजाने तयारी रहेको बताए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।