काठमाडौं– नेपाली कांग्रेसमा सांसद चन्द्र भण्डारीले सत्ता गठबन्धन टुटाउन कांग्रेस लाग्नु स्वभाविक भएको बताएका छन्।
प्रतिनिधिसभाको सभामुखमा सत्ता गठबन्धनबाट एमालेका देवराज घिमिरे निर्वाचित भएपछि उनले सभामुखमा गठबन्धन टुटाउने प्रयास सफल नभएपछि अब राष्ट्रपतिको निर्वाचनको मिसनमा लाग्ने बताए।
उनले भने, ‘हामी चार वटा पार्टी गठबन्धनमा भएका थियौं। सरकार बनाउने बेलामा त्यो टुट्यो। आफ्नो पक्षको गठबन्धन टुटेपछि अर्को पक्षको गठबन्धन टुटाउन लागिरन्छ त्यो निरन्तर प्रक्रिया हो । मिसन सभामुख थियो त्यो भएन अब मिसन राष्ट्रपतिमा हुन्छ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।