बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

चन्द्र भण्डारीको स्वास्थ्यबारे आयो नयाँ अपडेट, कस्तो छ अवस्था?  

चन्द्र भण्डारीको स्वास्थ्यबारे आयो नयाँ अपडेट, कस्तो छ अवस्था?  

  • मिडिया डबली
  • सोमवार, फाल्गुण २२ २०७९

  • 7.2K
    SHARES

  • चन्द्र भण्डारीको स्वास्थ्यबारे आयो नयाँ अपडेट, कस्तो छ अवस्था?  

    काठमाडौं– भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत नेपाली कांग्रेसका सांसद डा। चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको छ।

    खाना पकाउने ग्यास लिक भएपछि भएको आगलागीबाट घाइते भएका डा। भण्डारीको स्वास्थ्य सामान्य हुँदै गएको पारिवारिक स्रोतले बताएको छ। चिकित्सकहरूका अुनसार भण्डारीको सबै पारामिटर सामान्य छन्। 

    भण्डारीको उपचारमा सहयोग गर्नका लागि उनका दाइ मिन प्रसाद भण्डारी मुम्बईमा छन्। उनले उपलब्ध गराएको जानकारी अनुसार डा। भण्डारीलाई ज्वरो आएको छैन र आज ड्रेसिङ गरिनेछ।

    अस्पताल प्रशासन र डाक्टरहरुले भेटघाटमा कडाईका साथ प्रतिवन्द्ध लगाएको उनले बताएका छन्। 

    गत फागुन ३ गते बुद्धनगरस्थित निवासमा ग्यास लिक भएको थियो। ग्यास लिक भएपछि भएको आगलागीमा परी सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए।

    हरिकलाको भने उपचारका क्रममा फागुन ४ गते कीर्तिपुर अस्पतालमा निधन भएको थियो। सोही दिन सांसद भण्डारीलाई थप उपचारका लागि मुम्बई लगिएको थियो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, फाल्गुण ४ २०७९११:४२:५१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend