आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

मन्त्रीहरु जवाफदेही नहुँदा संसद्को गरिमा घट्योः साउद

मन्त्रीहरु जवाफदेही नहुँदा संसद्को गरिमा घट्योः साउद

  • मिडिया डबली
  • शुक्रवार, फाल्गुण १२ २०७९

  • 2.4K
    SHARES

  • मन्त्रीहरु जवाफदेही नहुँदा संसद्को गरिमा घट्योः साउद

    काठमाडौं– प्रतिनिधिसभा सदस्य एनपी साउदले संसदको शून्य समयमा उठेका विषयमा सरकारका मन्त्रीहरु जवाफदेही नहुँदा संसदको गरिमा घटेको बताएका छन्। 

    प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकको शून्य समयमा बोल्दै उनले मन्त्रीहरुले संसदमा उठेका विषयहरुको जवाफ नदिँदा शून्य समयको गरिमा घटेको बताएका हुन्। 

    ‘संसदीय अभ्यासमा शून्य समयको ठूलो महत्व छ। देशभरीका समस्याहरुलाई एक मिनेटभित्र सांसदहरुले सदन समक्ष प्रस्तुत गर्ने परम्परा छ,’ साउदले भने, ‘तर यसको बारेमा सरकारका मन्त्रीहरुले आएर जवाफ दिने नगर्नु भएको हुनाले यसको गरिमा घटेको छ।’ 

    उनले प्रजातन्त्रमा सुशासन र जवाफदेहितको महत्व हुने जिकिर गर्दै संसदले मन्त्री र सरकारलाई रुलिङ गरेर जवाफ दिने प्रवन्ध गर्नुपर्नेमा पनि जोड दिए। 

    ‘प्रजातन्त्रमा सुशासन र जवाफदेहिताको महत्व हुन्छ,’ नेपाली कांग्रेसका नेतासमेत रहेका सांसद साउदले भने, ‘मन्त्रीहरुलाई, सरकारलाई स्पष्ट रुपमा रुलिङ गरेर यहाँ आएर जवाफ दिने प्रबन्ध गरियोस्।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, जेठ २८ २०७८०१:१७:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend