बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

कस्तो छ चन्द्र भण्डारीको स्वास्थ्य अवस्था?  

कस्तो छ चन्द्र भण्डारीको स्वास्थ्य अवस्था?  

  • मिडिया डबली
  • सोमवार, फाल्गुण ८ २०७९

  • 1.9K
    SHARES

  • कस्तो छ चन्द्र भण्डारीको स्वास्थ्य अवस्था?  

    काटमाडौं– नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको छ। चिकित्सकहरुले क्रमिक सुधार हुँदै गएको चिकित्सकहरूले बताएका छन्। 

    गत फागुन ३ गते राति बुद्धनगरस्थित निवासमा ग्यास लिक भई आगलागी हुँदा सांसद भण्डारी र उनकी आमा गम्भीर घाइते भएका थिए। सांसद भण्डारीकी आमाको कीर्तिपुरस्थित अस्पतालमा उपचारका क्रममा गत फागुन ४ गते निधन भएको थियो। सोही दिन सांसद भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लगिएको थियो।

    मुम्बईमा सांसद भण्डारीको उपचार जारी छ। उनको उपचारमा संलग्न रहेका चिकित्सकहरूले दिएको जानकारीअनुसार सांसद भण्डारीको अवस्था क्रमिक रूपमा सुधार हुँदै गइरहेको छ।

    अस्पतालमा रहेका कांग्रेस नेता योगराज कँडेलका अनुसार सांसद भण्डारीको प्लेटिलेट्सको मात्रा बढेको छ भने पिसाबको मात्र नर्मल देखिएको चिकित्सकहरूले जानकारी दिएका छन्। भण्डारीको शरीरमा ज्वरो छैन।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, फाल्गुण ४ २०७९११:४२:५१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend