आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

राजनीतिक कोर्स बारे रमेश लेखकको यस्तो खुलासा, १० दिन भित्र उलटफेर !

राजनीतिक कोर्स बारे रमेश लेखकको यस्तो खुलासा, १० दिन भित्र उलटफेर !

  • मिडिया डबली
  • शुक्रवार, फाल्गुण ५ २०७९

  • 3.3K
    SHARES

  • राजनीतिक कोर्स बारे रमेश लेखकको यस्तो खुलासा, १० दिन भित्र उलटफेर !

    काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले अबको १० दिनभित्र नयाँ राजनीति कोर्ष बन्ने दाबी गरेका छन् ।

    शुक्रबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा कानूनविद्हरुसँगको छलफल कार्यक्रममा प्रमुख सचेतक लेखकले एमालेले धेरै अधैर्य र अस्थिर राजनीति देखिएको बताए । एमाले विचलित भइरहेको भन्दै उनले भने, ‘उहाँहरुको विचलनले के देखाइरहेको छ भने अहिलेको सत्ता गठबन्धन स्थिर छैन ।’

    उनले राष्ट्रपति निर्वाचनमा आफूहरु आशावादी रहेको बताए । सबभन्दा ठूलो राजनीतिक दल कांग्रेससँग मतभार बढी रहेको भन्दै उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण, संविधानको रक्षा, संविधानको सार्थक कार्यान्वयनका मुद्दामा कांग्रेसमाथि नै भरोसा गर्ने स्थिति छ ।’

    संविधानको रक्षा तथा सार्थक कार्यान्वयनसँग जोडिएको पदमा कांग्रेसको दाबी रहने भन्दै उनले भने, ‘राजनीति नयाँ कोर्षमा जाने स्थिति बन्दै गएको छ । यही हप्ता १० दिनमा नयाँ परिस्थिति सिर्जना हुने सम्भावना छ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र २१ २०७८०९:२१:५६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend