आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कांग्रेस पदाधिकारी बैठकपछि रमेश लेखकको धारणा – सरकार बनाउने परिस्थिति छैन

कांग्रेस पदाधिकारी बैठकपछि रमेश लेखकको धारणा – सरकार बनाउने परिस्थिति छैन

  • मिडिया डबली
  • सोमवार, चैत्र ९ २०७७

  • 6.8K
    SHARES

  • कांग्रेस पदाधिकारी बैठकपछि रमेश लेखकको धारणा – सरकार बनाउने परिस्थिति छैन

    काठमाडौं – नेपाली कांग्रेसका बौद्धिक नेता रमेश लेखकले कांग्रेस पार्टीको नेतृत्वमा सरकार बन्ने परिस्थिति सुनिश्चित नभएको जनाएका छन् ।

    सोमबार पार्टी कार्यालय सानेपामा भएको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकपछि पत्रकारलाई जानकारी गराउँदै नेता लेखकले परिस्थिति सुनिश्चित र अवस्था परिपक्व भएपछि मात्रै कांग्रेसले सरकार बनाउने धारणा राखे ।

    ‘पदाधिकारी बैठकमा नयाँ सरकार गठनबारे छलफल भएको मलाई थाहा छैन,’ नेता लेखकले भने, ‘नेपाली कांग्रेसले वैकल्पिक सरकार दिने आवश्यकता पर्‍यो भने दिन्छौं भनेकै छौं । अहिले परिस्थिति सुनिश्चित र अवस्था परिपक्व भइसकेको छैन । सरकार बनाउन परिस्थिति सुनिश्चित हुनुपर्छ, अवस्था परिपक्व हुनुपर्छ ।’

    नेता लेखकले पदाधिकारी बैठकमा क्रियाशील सदस्यताको व्यवस्थापनको विषयमा छलफल भएको बताएका छन् । नेता लेखक कांग्रेसको १४ औं महाधिवेशनको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिका संयोजक समेत हुन् ।

    भोलि चैत १० गतेसम्म देशभरबाट क्रियाशील सदस्यको नामावली संकलन भइसक्नुपर्ने भएपनि ढिलाइ भइरहेको उनले बताए । महाधिवेशनका लागि क्रियाशील सदस्यताको वितरण र नविकरण पहिलो काम भएको लेखकले बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend