आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

रमेश लेखकका स्वकीय सचिवले पाएनन् प्रस्तावक र समर्थक, बन्न सकेनन् क्षेत्रीय प्रतिनिधि 

रमेश लेखकका स्वकीय सचिवले पाएनन् प्रस्तावक र समर्थक, बन्न सकेनन् क्षेत्रीय प्रतिनिधि 

  • मिडिया डबली
  • सोमवार, भाद्र २१ २०७८

  • 15.1K
    SHARES

  • रमेश लेखकका स्वकीय सचिवले पाएनन् प्रस्तावक र समर्थक, बन्न सकेनन् क्षेत्रीय प्रतिनिधि 

    काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकका स्वकीय सचिव जनकराज भट्टले वडा अधिवेशनमा प्रस्तावक र समर्थक नै पाएनन् ।

    प्रस्तावक र समर्थन नपाएपछि उनी क्षेत्रीय प्रतिनिधि बन्नबाट वञ्चित भएका छन् । 

    गृहजिल्ला बैतडीको मेलौली–९ मा लेखकका स्वकीय सचिवले प्रस्तावक र समर्थक नपाएर क्षेत्रीय प्रतिनिधि बन्नबाट वञ्चित भएपछि उनी त्यहाँबाट भागेका छन् ।

    यसअघि क्रियाशील सदस्यताको नामावली राख्ने क्रममा उनले आफू निकटका व्यक्तिलाई नै सदस्यता दिएका थिए । आफूलाई मतदान नगर्ने अनुमान गरिएका व्यक्तिको क्रियाशील नै रोक्ने खेलमा लागेका भट्ट अन्ततः आफैं प्रतिनिधि आउनबाट वञ्चित भएका छन् ।

    कञ्चनपुरमा राम्रो पकड र छवि नभएपछि क्षेत्रीय प्रतिनिधि आउनका लागि उनले आफ्नो क्रियाशील सदस्यता बैतडीमार्फत भरेका थिए तर जन्मथलो बैतडीमा पनि उनले प्रस्तावक र समर्थक पाएनन् । 

    केन्द्रीय सदस्य लेखकको जन्मथलो पनि बैतडी नै भएपनि आफ्नो स्वकीय सचिवले प्रस्तावक र समर्थक नपाउनु भनेको लेखकको राजनीतिमा ठूलो धक्का भएको स्थानीयले बताएका छन् । लेखक यसअघि क्रियाशील सदस्यता छानबिनका क्रममा निकै विवादित भएका थिए ।

    धेरै जिल्लामा क्रियाशील सदस्यताको अझै विवाद समाधान हुन नसकेपछि निर्वाचन नै स्थगित भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend