काठमाडाैं - नेपाली कांग्रेसलाई केन्द्रीय सदस्य रमेश लेखकलाई क्रियाशील सदस्यता छानविन समितिको सदस्य बनाउने सहमति गरेको छ। आइतबार सभापति शेरबहादुर देउवा निवास बसेको कांग्रेस शीर्ष नेताहरुको बैठकमा यस्तो सहमति भएको हो। लेखक सभापति देउवा निकट मानिन्छन्।
१३ औँ महाधिवेशनमा छानविन समितिको सदस्यको रुपमा काम गरिसकेका छन्। १३ औँ महाधिवेशनकै संयोजक नरहरि आचार्यलाई नै पुन संयोजक बनाउने तयारी भएपनि आचार्यले नै अस्वीकार गरेपछि लेखकको नाममा सहमति जुटेको हो। लेखकको विषयमा पौडेल समूहले पनि सहजै स्वीकार गरेको थियो। लेखकको नाम सभापति देउवाले नै प्रस्ताव गरेका थिए।
समितिमा सभापति देउवा पक्षबाट संयोजकसहित ३ जना, वरिष्ठ नेता रामचन्द्र पोडेल पक्षबाट २ जना र कृष्णप्रसाद सिटौला पक्षबाट एक जनालाई समावेश गरिने पूर्वसहमति छ । तीन समूहमा छानविन समितिमा कसलाई पठाउने भन्ने विषयमा टुंगो लागेको छैन । समितिका संयोजक र सदस्यहरुको मनोनयन गर्ने जिम्मा सभापति देउवालाई दिइएको छ । समितिले पार्टीको महाधिवेशनका बेला क्रियाशील सदस्यता वितरण र नवीकरणमा हुने चलखेलको विषयमा छानविन गर्छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।