आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

देउवा र प्रचण्डको छलफलपछि रमेश लेखकको भयंकर प्रश्न !

देउवा र प्रचण्डको छलफलपछि रमेश लेखकको भयंकर प्रश्न !

  • मिडिया डबली
  • मंगलवार, जेठ ११ २०७८

  • 11.0K
    SHARES

  • देउवा र प्रचण्डको छलफलपछि रमेश लेखकको भयंकर प्रश्न !

    काठमाडौं – नेपाली कांग्रेसका बौद्धिक नेता रमेश लेखकले सर्वोच्च अदालतले सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्न आदेश दिनुपर्ने बताएका छन् ।

    कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी गठबन्धनका शीर्ष नेताहरुको छलफलपछि पत्रकारसँग कुरा गर्दै नेता लेखकले सोमवार सर्वोच्च अदालतमा देउवाको पक्षमा बहुमत देखिएको बताए ।

    सभापति देउवालाई प्रधानमन्त्री नियुक्त नगर्दा संसदीय प्रणाली र संविधानको जीवित रहन नसक्ने जिकीर गरेका हुन् । उनले प्रधानमन्त्री नियुक्तिबारे भयंकर प्रश्न गर्दै भने, ‘संसदीय व्यवस्थामा बहुमतले सरकार बनाउने हो नि ! हिजो अदालतमा बहुमत देखियो नि ! संसद्मा बहुमत भएको मानिस प्रधानमन्त्री नभए प्रधानमन्त्री हुने को हो ? संसदीय पद्धतिमा बहुमत सांसदले प्रधानमन्त्री प्रस्ताव गरेको मानिस प्रधानमन्त्री बन्दैन भने अनि संविधान जीवन्त रहन्छ ? व्यवस्था जीवित रहन्छ ?’

    संविधान सभाका पूर्व सदस्य समेत रहेका लेखकले संविधानको धारा ७६(१) देखि (३) सम्म राजनीतिक दलले सरकार बनाउने भएपनि उपधारा (५) मा सांसदको भूमिका रहने बताएका छन् । ‘७६(१) देखि (३) सम्म दलको कुरा छ, दलले सरकार बनाउन नसके सांसदको कुनै दृष्टिकोण या मान्यता हुँदैन ? संविधानले दिएको भूमिका हो नि !’ नेता लेखकले भने । 

    विपक्षी गठबन्धनका शीर्ष नेताबीच मंगलबारको बैठकमा सर्वोच्च अदालतमा कानूनी लडाइँ कसरी लड्ने भन्नेबारे छलफल भएको लेखकले बताए ।

    कांग्रेस संसदीय दलको कार्यालय सिंहदरवारमा भएको छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले नेता माधवकुमार नेपाल लगायत सहभागी भएका थिए । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend