आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

राष्ट्रपतिबाट फेरि संविधान च्यात्ने काम भयो : नेपाली कांग्रेस

राष्ट्रपतिबाट फेरि संविधान च्यात्ने काम भयो : नेपाली कांग्रेस

  • मिडिया डबली
  • शनिवार, जेठ ८ २०७८

  • 4.3K
    SHARES

  • राष्ट्रपतिबाट फेरि संविधान च्यात्ने काम भयो : नेपाली कांग्रेस

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीबाट फेरि संविधान च्यात्ने काम भएको आरोप लगाएको छ ।

    राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठन गर्न अस्वीकार गर्ने निर्णय गरेलगत्तै नेपाली कांग्रेसका नेता रमेश लेखकले सामाजिक सञ्जालमार्फत् आपत्ति जनाएका छन् ।

    नेता लेखकले राष्ट्रपतिबाट गणतन्त्र र लोकतन्त्रको संरक्षण हुन नसक्ने तर्क गरेका छन् । ‘राष्ट्रपतिजीले फेरि आफ्नो पदको सम्मान, मर्यादा र गरिमा समाप्त गर्दै संविधान च्यात्ने काम गरिन् । यिनबाट गणतन्त्र र लोकतन्त्रको संरक्षण हुन सक्दैन,’ उनले लेखेका छन् ।

    राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दाबी गरेका केपी शर्मा ओली र शेरबहादुर देउवा दुबैको आधार नपुगेको ठहर गरेकी छन् । ओलीले १५३ सांसदसहित दाबी गरेका थिए भने देउवाले १४९ सांसदसहित दाबी गरेका थिए ।

    राष्ट्रपतिले दाबीकर्ता दुबैका समर्थनकर्ता भनिएका सदस्यहरु एकअर्कामा दोहोरो परेका, दलको निर्णय विपरीत एकले अर्कोलाई समर्थन गरेको समेत देखिएको र सम्बन्धित दलले मान्यता नदिन लेखी आएको समेत देखिएकाले दुबै दाबीलाई नपुग्ने ठहर गर्दै प्रधानमन्त्री नियुक्त गर्न अस्वीकार गरेकी छन् ।

    नयाँ प्रधानमन्त्री नियुक्त नभएपछि प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि निर्वाचनको घोषणा गरिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend