काठमाडौं– नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीलाई बिहीबार दिउँसो २ बजेपछि श्री एयरलाइन्सको विमानमार्फत मुम्बइ लगिने भएको छ ।
बुधबार ग्यास सिलिण्डर पड्किएर आगलागी हुँदा भण्डारी र उनकी आमा गम्भीर घाइते भएका थिए । हाल कीर्तिपुर अस्पतालमा उपचाररत भण्डारीलाई थप उपचारका लागि ६ जना डाक्टरको टोली सहित मुम्बईमा रहेको नेशनल बर्नस् सेन्टरमा लगिने भएको छ।
सांसद भण्डारीकी आमाको भने बिहीबार विहान कीर्तिपुर अस्पतालमा निधन भइसकेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।