बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

नेपालको आन्तरिक राजनीतिमा खेलेर संकट सिर्जना गर्दै चीन

नेपालको आन्तरिक राजनीतिमा खेलेर संकट सिर्जना गर्दै चीन

  • मिडिया डबली
  • शुक्रवार, माघ २० २०७९

  • 2.9K
    SHARES

  • नेपालको आन्तरिक राजनीतिमा खेलेर संकट सिर्जना गर्दै चीन

    काठमाडौं–चीनले विगत पाँच वर्षदेखि नेपालको आन्तरिक राजनीतिमा आफ्नो प्रभाव विस्तारको प्रयास गरिरहेको छ। जसका कारण नेपालको राजनीति अस्थिर र संकटको अवस्थामा पुगेको छ। 

    प्रतिनिधि सभाको अघिल्लो कार्यकालमा चीनको पहलमा दुई ठूला कम्युनिस्ट पार्टीहरु मिलाएर आफ्नो प्रभाव विस्तार गर्ने योजना बनाएको चीनले अन्तत: पार्टी एकतालाई मात्रै पनि जोगाउन नसक्‍ने अवस्थामा पुगेको थियो । 

    प्रतिनिधि सभा दुई-दुई पटक विघटन भएको थियो भने दुई ठूला कम्युनिस्ट पार्टी मिलेर बनेको नेकपा तीन भागमा विभाजन हुन पुगेको थियो । 

    चीनले नेपालका कम्युनिस्टहरुलाई मिलाएर आफ्नो प्रभावलाई थप बलियो बनाउने योजना बनाइरहेको छ। 

    तर, नेपालका कम्युनिस्टहरु भने आपसी स्वार्थको द्वन्द्वका कारण मिल्न सक्दैनन र अस्थिरताको सिर्जना हुने गरेको छ। यही अस्थिरतामा पनि खेल्ने चीनले प्रयास गरिरहेको छ। 

    नयाँ संसद्ले स्थिर सरकार दिने अपेक्षा गरे पनि चिनियाँ दबाबका कारण कम्युनिस्ट पार्टी नेतृत्वको सरकार बने पनि स्थिर हुन सकिरहेको छ। 

    कम्युनिस्ट नेतृत्वको सरकार गठन भएसँगै चीनले नेपालमा आफ्ना गतिविधिहरु बढाइरहेको छ। 

    चिनियाँ पक्षले नेपालमा गरिरहेका गतिविधिहरुलाई छिमेकी भारत र मित्रराष्ट्र अमेरिकाले नजिकबाट नियालीरहेका छन्। 

    उनीहरुको पनि नेपालमा चासो बढिरहेको अवस्था छ। नेपालको लोकतन्त्रलाई कुनै पनि खतरामा नपारोस् भन्‍नेतर्फ उनीहरुको चासो केन्द्रित छ। 

    चीनले नेपालमा बीआरआई परियोजनाहरु अघि बढाउनका लागि कम्युनिस्ट नेतृत्वको सरकार गठनका लागि दबाब दिए पनि त्यसो स्थिर हुने सम्भावना भने निकै कमजोर बन्दै गएको छ। 

    यसकारण नेपालको राजनीतिक अस्थिरतालाई मलजल गर्न र नेपालको संविधान र लोकतन्त्रलाई संकटमा पार्न चीन सक्रिय देखिन्छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ११ २०७७०६:२८:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend