आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

चुनाव जितेर पाँच वर्षभित्र जिम्मेवारी पूरा गर्न नसके जनताको निर्णय स्वीकार्य हुने कांग्रेस नेता साउदको घोषणा

चुनाव जितेर पाँच वर्षभित्र जिम्मेवारी पूरा गर्न नसके जनताको निर्णय स्वीकार्य हुने कांग्रेस नेता साउदको घोषणा

  • मिडिया डबली
  • मंगलवार, कार्तिक १५ २०७९

  • 2.4K
    SHARES

  • चुनाव जितेर पाँच वर्षभित्र जिम्मेवारी पूरा गर्न नसके जनताको निर्णय स्वीकार्य हुने कांग्रेस नेता साउदको घोषणा

    काठमाडौँ- नेपाली कांग्रेसका नेता तथा कञ्चनपुर–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार एनपी साउदले चुनाव जितेर जिम्मेवारी पूरा गर्न नसके ५ वर्षपछि जनताले गर्ने निर्णय स्वीकार्य हुने बताएका छन्।

    कञ्चनपुर क्षेत्र नम्बर २ मा पर्ने शुक्लाफाँटा नगरपालिका–३ जोनापुरमा आयोजित सत्ता गठबन्धनको संयुक्त चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले जितेर पनि जिम्मेवारी पूरा गर्न नसके ५ वर्षपछि जनताले गर्ने निर्णय स्वीकार्य हुने बताएका हुन्।

    नेता साउदले आफूले चुनाव जितिसकेपछि क्षेत्र नम्बर २ का जनताले विकासको चिन्ता गर्नु नै नपर्नेसमेत जिकिर गरे। ‘तपाईंहरुले एकचोटी जिताइसकेपछि विकासका बारेमा थप चिन्ता, फरक चिन्ता लिनुपर्ने छैन।

    तपाईहरुले तपाईंको चिन्ता मलाई सुम्पिनुभो,’ उनले भने, ‘त्यसपछि मैले आफ्नो कर्तव्य पूरा गर्न सकेन भने मलाई आगामी ५ वर्षपछि जे निर्णय गर्नुहोला त्यो मलाई स्वीकार हुनेछ।’

    नेता साउदले वर्तमान सत्ता गठबन्धनले आगामी ५ वर्षसम्म स्थिर सरकार दिनेसमेत दाबी गरे। सरकारको नेतृत्वकर्ता दल परिवर्तन भए पनि वर्तमान गठबन्धन कै दलबाट प्रधानमन्त्री हुने उनले बताए। ‘आगामी ५ वर्षसम्म हामी एउटा स्थिर सरकार दिनेछौं।

    गठबन्धनभित्र एउटा प्रधानमन्त्री परिवर्तन हुन सक्छ,’ साउदले भने, ‘तर सहभागी दलहरु त्यही रहने छन्। हाम्रो गठबन्धन टुट्ने छैन। हामी गठबन्धनलाई नै अगाडि बढाएर लैजाने छौं।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, जेठ २८ २०७८०१:१७:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend