आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

आसन्न निर्वाचन लक्षित गरेर कञ्चनपुर क्षेत्र नम्बर २ मा एकसाथ वडा भेला सम्पन्न

आसन्न निर्वाचन लक्षित गरेर कञ्चनपुर क्षेत्र नम्बर २ मा एकसाथ वडा भेला सम्पन्न

  • मिडिया डबली
  • आइतवार, कार्तिक १३ २०७९

  • 2.9K
    SHARES

  • आसन्न निर्वाचन लक्षित गरेर कञ्चनपुर क्षेत्र नम्बर २ मा एकसाथ वडा भेला सम्पन्न

    काठमाडौँ- सत्ता गठबन्धनले आसन्न निर्वाचन लक्षित गरेर कञ्चनपुर क्षेत्र नम्बर २ मा एकसाथ वडा भेलाहरु गरेको छ।

    सत्ता गठबन्धनले आइतबार बिहान क्षेत्र नम्बर २ का ३० मध्ये २९ वडामा एक साथ निर्वाचन लक्षित वडा भेलाहरु आयोजना गरेको हो। लोकतान्त्रिक–बाम गठबन्धन क्षेत्रीय कार्यसमितिका संयोजकद्वय नेपाली कांग्रेसका क्षेत्रीय सभापति लालबहादुर सिंहले शुक्लाफाँटा नगरपालिका–१२ बाहेकका वडाहरुमा वडा भेला आयोजना गरिएको जानकारी दिए। उनले शुक्लाफाँटा–१२ का पूर्व वडाध्यक्ष बृक्षु रानाको निधनको शोकमा वडा भेला स्थगित गरिएको बताए।

    गठबन्धनले क्षेत्र नम्बर २ अन्तर्गत पर्ने कृष्णपुर, शुक्लाफाँटा र वेदकोटका वडाहरुमा भेला गर्न दुई–दुई जनालाई प्रमुख वक्ता र विशिष्ठ वक्ताका रुपमा तोकेर खटाएको छ। यसअघि सत्ता गठबन्धनले कात्तिक ७ गते ३० वटै वडाहरुमा एक साथ सम्पर्क कार्यालयहरु स्थापना गरेको थियो।

    क्षेत्र नम्बर २ मा कृष्णपुर, शुक्लाफाँटा नगरपालिकाका सबै र वेदकोट नगरपालिकाका ८ बाहेकका वडाहरु पर्दछन्। कृष्णपुरमा ९, शुक्लाफाँटामा १२ र वेदकोटमा १० वडाहरु रहेका छन्।

    सत्ता गठबन्धनले कञ्चनपुर–२ मा प्रतिनिधिसभातर्फ कांग्रेस केन्द्रीय सदस्य एनपी साउद, प्रदेशसभा तर्फ ‘क’ मा नेकपा माओवादी केन्द्रका ओमविक्रम भाट र ‘ख’ मा कांग्रेसका बहादुरसिंह थापालाई उम्मेदवार बनाएको छ।

    यो क्षेत्रमा नेकपा एमालेले प्रतिनिधिसभातर्फ नरबहादुर धामी र प्रदेशसभातर्फ ‘क’ मा बचनबहादुर सिंह र ‘ख’ मा कृपाराम रानालाई उठाएको छ।

    स्थानीय तह निर्वाचन २०७९ मा वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा कञ्चनपुर–२ मा कांग्रेसको पक्षमा २२ हजार ३७९, एमालेको पक्षमा १८ हजार ८२८, माओवादीको पक्षमा १२ हजार ५७२, नेकपा एकीकृत समाजवादीको पक्षमा ४ हजार १६१ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पक्षमा ३ हजार ९५३ मत खसेको थियो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, जेठ २८ २०७८०१:१७:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend