आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

यो गठबन्धन देश निर्माणका लागि होः साउद 

यो गठबन्धन देश निर्माणका लागि होः साउद 

  • मिडिया डबली
  • शुक्रवार, कार्तिक ४ २०७९

  • 2.6K
    SHARES

  • यो गठबन्धन देश निर्माणका लागि होः साउद 

    काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले सत्ता गठबन्धन दलहरुले देश निर्माणका लागि चुनावी तालमेल गरेको बताएका छन्। 

    कञ्चनपुर–२ मा पर्ने कृष्णपुर नगरपालिका–२ मा शुक्रबार बिहान आयोजित चुनावी लक्षित कार्यक्रममा उनले गठबन्धनको उदेश्य सरकार बनाउनेमात्रै नभएको बताए।  

    ‘गठबन्धनको उदेश्य सरकार बनाउने होइन। हुन्थ्यो भने हामी चुनाव पछि संसदमा गएर यो गठबनधन गथ्र्यौं,’ नेता साउदले भने, ‘हाम्रो उदेश्य देश बनाउने हो।’

    देश निर्माणका लागि कांग्रेस जनताको विश्वास जितेर स्थिर सरकार बनाउने लक्ष्यका साथ गठबन्धनमा रहेका दलहरुलाई साथ लिएर हिँडेको उनको भनाइ थियो। 

    ‘देश बनाउनका लागि अहिलेका गठबन्धनका सबै दलहरु एक ठाउँमा आएर सबैलाई एक ठाउँमा ल्याएर जनताबाट अनुमोदित भएर जनताको विश्वास जितेर स्थिर सरकार बनाउने लक्ष्यका साथ नेपाली कांग्रेस अगाडि बढेको छ,’ साउदले भने।  

    २०७४ मा नेकपा माओवादी केन्द्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको षड्यन्त्रमा परेर कांग्रेस पराजित भएको भन्दै उनले तत्कालीन समयमा एमाले–माओवादीले गरेको गठबन्धन सार्थन हुन नसकेको बताए। 

    ‘विगतमा ओलीजीको षड्यन्त्रमा माओवादी पर्यो, र नेपाली कांग्रेस हार्यो,’ साउदले भने, ‘तर, गठबन्धनको कुरा सार्थक हुन सकेन। गठबन्धनले जुन स्थिरता र समृद्धिको नारा दिएको थियो त्यो सार्थक हुन सकेन।’ 
    विगतका कमजोरीबाट शिक्षा लिँदै पाँच दल एक ठाउँमा उभिनुको मुख्य उदेश्य देशको विकास र प्रगतिका लागि भएको उनले बताए। 

    ‘अब ती कमी–कमजोरीबाट अनुभव, शिक्षा लिँदै अहिले हामी पाँचै दलहरु एकै ठाउँमा उभिएका छौं,’ साउदले भने, ‘हाम्रो यात्रा विकास र समृद्धिका लागि हो। प्रगतिका लागि हो। प्रगतिको काममा हामी हातोमालो गरेर अगाडि बढ्न चाहन्छौं।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, जेठ २८ २०७८०१:१७:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend