सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

चुनाव नलड्ने भएपछि आरजुले यी नेतालाई अघि बढ्न भनिन्, कैलाली–५ मा तरंग  

चुनाव नलड्ने भएपछि आरजुले यी नेतालाई अघि बढ्न भनिन्, कैलाली–५ मा तरंग  

  • मिडिया डबली
  • आइतवार, आश्विन ९ २०७९

  • 5.5K
    SHARES

  • चुनाव नलड्ने भएपछि आरजुले यी नेतालाई अघि बढ्न भनिन्, कैलाली–५ मा तरंग  

    धनगढी । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले कैलाली–५ मा डिल्लीराज पन्तलाई प्रतिनिधिसभा निर्वाचनको तयारीमा लाग्न आग्रह गरेकी छन् । शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा आरजुसँग भेट गरेका पन्तले आफूलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने तयारीमा लाग्ने आग्रह गरेको बताए । पन्त २०७४ सालमा कैलाली–५ (क) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए ।

    ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा कैलाली–५ बाट आरजु एकल रुपमा सिफारिस भएको थियो । तर उनी नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक निर्वाचन पद्धतिको बन्द सूचीमा रहेकाले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबने पक्का भएको छ ।

    ‘ढाडको समस्याले चिकित्सकले मलाई बेड रेस्ट गर्न सुझाव दिनुभएकाले कैलाली–५ बाट अगामी चुनाव लड्न नसक्ने हुँदा समानुपातिक रोजेँ,’ आरजुसँग भएको कुराकानीबारे पन्तले भने, ‘अब त्यहाँ तपाईंलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने कुरा छ । चुनावको तयारीमा लाग्नुस् ।’

    आरजुको सुझाव अनुसार नै आफू चुनावको तयारीमा लाग्ने पन्तले बताए । ‘भोलि काठमाडौंबाट फर्केर तयारीमा लाग्छु’ उनले भने । २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रका रमेश धामीलाई पराजित गर्दै प्रदेशसभा सदस्यमा विजयी भएका पन्तलाई क्षेत्रीय समितिले यस पटक पनि प्रदेशसभा सदस्यमा उम्मेदवार सिफारिस गरेको थियो ।

    आरजुले पन्तलाई उम्मेदवार बनाउने आश्वासन दिए पनि कैलाली–५ मा आकांक्षीहरुको व्यवस्थापन कांग्रेसका लागि सहज छैन । आरजु समानुपतिकमा बसेपछि यो क्षेत्रमा कांग्रेस सुदूरपश्चिमका महामन्त्री नरनारायण शाह ‘मनु’, नेता क्षितिज भण्डारी, कृष्ण महरा, नृपबहादुर वड लगायतले उम्मेदवारी दाबी गरेका छन् ।

    सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरलाई यसपटक कैलाली–४ मा उम्मेदवार बनाउने देउवाले आश्वासन दिएका छन् । यसै क्षेत्रबाट वाम गठबन्धनका उम्मेदवार लेखराज भट्टसँग प्रतिस्पर्धा गरेका सुनिल भण्डारीलाई कैलाली–५ मा चर्चा थियो ।

    शेखर पक्षका नेता क्षितिज भण्डारीले त उम्मेदवारी घोषणा गर्दै तयारी थालिसकेका छन् । ‘सुदूरपश्चिममा हाम्रो पक्षबाट कोही पनि उम्मेदवार नहुने, कसको बलमा चुनाव जित्ने हो’ उनले भने, ‘हामीले टिकट नपाए हातमा दही जमाएर बस्दैनौं ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, मंसिर २५ २०७८०४:१८:०४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend