काठमाडौं - नेपाली कांग्रेसले केन्द्रीय सदस्य आरजु राणा देउवालाई प्रतिनिधिसभामा समानुपातिकतर्फबाट उम्मेदवार बनाउने भएको छ ।
कांग्रेसले सोमबार निर्वाचन आयोगलाई बुझाउने प्रतिनिधिसभाको समानुपातिकतर्फ सुदूरपश्चिम प्रदेशको खसआर्य महिलामा आरजुको नाम सिफारिस गरिएको हो।
आरजु कैलाली ५, कञ्चनपुर, बर्दिया, बाग्लुङसहित पाँच स्थानबाट प्रत्यक्षतर्फ सिफारिस भएकी थिइन् । तर, कांग्रेसले अन्तिम समयमा आएर उनको नाम समानुपातिकमा समावेश गरेको छ ।
कैलाली ५ मा असन्तुष्ट नेता पुष्करनाथ ओझा समूहले असहयोग गर्ने भएपछि आरजुलाई समानुपातिकमा राख्न कांग्रेस सभापति शेरबहादुर देउवाले सिफारिस गरेका हुन् । आरजुको स्वास्थ्यका कारण पनि उनलाई समानुपातिकमा राखिएको अनुमान गरिएको छ ।
कांग्रेसले नेता विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, फरमुल्लाह मन्सुर, आनन्दप्रसाद ढुंगाना, जीवन परियारलगायतलाई समानुपातिकमा राखेको छ ।
स्रोतका अनुसार संस्थापन पक्षले आफू निकट धेरै नेतालाई समानुपातिकमा राख्ने र प्रत्यक्षतर्फ इतर समूहका नेतालाई टिकट दिने तयारी गरेको बताइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।