सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

प्रधानमन्त्री पत्नी आरजुले गरिन् यस्तो आग्रह, सुदुरपश्चिममा खुसियाली 

प्रधानमन्त्री पत्नी आरजुले गरिन् यस्तो आग्रह, सुदुरपश्चिममा खुसियाली 

  • मिडिया डबली
  • शनिवार, आश्विन १ २०७९

  • 9.1K
    SHARES

  • प्रधानमन्त्री पत्नी आरजुले गरिन् यस्तो आग्रह, सुदुरपश्चिममा खुसियाली 

    काठमाडौं-नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले शुक्रबारदेखिको अविरल वर्षाका कारण सुदूरपश्चिमका विभिन्न स्थानमा आएको पहिरो र बाढीका पीडितलाई सहयोगका लागि नेपाल सरकार र सम्बद्ध सबै निकायसँग आग्रह गरेकी छन्। 

    नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. देउवाले आज विज्ञप्ति प्रकाशन गरी सुदूरपश्चिमको अछाममा पहिरोका कारण ज्यान गुमाएकाप्रति हार्दिक श्रदाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गरेकी छन्। साथै उनले पहिरोमा परेर घाइते भएकाहरूको तत्काल निःशुल्क उपचारको व्यवस्थाका लागि पनि नेपाल सरकार र सम्बन्धित निकायसँग माग गरेकी छन्। पहिरोमा परी ज्यान गुमाउनेहरूका आश्रित परिवारलाई आवश्यक सहयोग र उद्धारका लागि उनले आग्रह गरेकी छन्।

    त्यसैगरी डा। देउवाले कञ्चनपुरमा बाढीका कारण तीन सयभन्दा बढी घर डुबानमा पर्नुका साथै ठूलो जनधनको क्षति भएकाले सो क्षेत्रमा तत्काल उद्धार र राहतका कार्यक्रम लगी पीडितलाई सहयोग गर्न पनि अनुरोध गरेका छन्।

    वर्षायाममा हरेक वर्ष नेपालका विभिन्न भू–भागमा बाढी र पहिरोले ठूलो मात्रामा मानवीय र भौतिक क्षति हुने गरेकाले यस समस्याको दीर्घकालीन समाधानका उपायहरूको पहिचान गरेर त्यसको कार्यन्वयन गर्न पनि उनले सरकारसँग अनुरोध गरेका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, मंसिर २५ २०७८०४:१८:०४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend