भारत- भारतको बिहारको सीतामढी जिल्लामा अवैध रुपमा नेपाल–भारत सीमा पार गरेको आरोपमा आइतबार दुई चिनियाँ नागरिकलाई पक्राउ गरिएको भारतीय सशस्त्र सीमा बलले जानकारी दिएका छन्। पक्राउ पर्नेमा चिनियाँ नागरिक २८ वर्षीय लो लुङ र ३४ वर्षीय युङ हाइ लुङ रहेका छन् ।
एसएसबीका जवानहरूले उनीहरूलाई स्तम्भ नम्बर ११/६ नजिकै भारतीय भूमिमा ३०० मिटर भित्र पक्राउ गरेका थिए। उनीहरुको साथबाट नेपाली राहदानी, ३ थान एटीएम कार्ड, चुरोट लगायतका सामान बरामद गरिएको छ ।
दुवैलाई सुरेन्द्र प्रहरीको जिम्मा लगाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।छोटो सोधपुछका क्रममा ती दुई चिनियाँ नागरिकले चीनबाट थाइल्याण्ड हुँदै नेपाल आएका र काठमाडौंबाट दुईवटा साइकल भाडामा लिएर बिहार नाकासम्म पुगेको प्रहरीलाई बताएका छन् । -एजेन्सी
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।