काठमाडौं । प्रधानमन्त्री पत्नी आरजु राणा देउवा भारतको राजधानी नयाँ दिल्ली पुगेकी छन्। स्रोतका अनुसार राणा मंगलबार अपरान्ह नयाँ दिल्ली उत्रिएकी हुन्। उनी उपचारका सिलसिलामा त्यहाँ पुगेकी हुन्। नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा उनको उपचार शुरु भएको छ।
प्रधानमन्त्री पत्नी आरजुको भ्रमणबारे परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावासलाई केही दिनअघि मात्रै जानकारी गराएको थियो।
निजी उपचारका लागि भारत गएको बताएपनि आरजुले सत्तारुढ भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले लगायत नेतासँग भेट्ने सम्भावना रहेको वालुवाटार स्रोतले उल्लेख गरेको छ।
आरजु गत जनवरीमा पनि नयाँ दिल्ली गएकी थिइन्। भाइको उपचारका लागि दिल्ली गएको बताएकी राणाले त्यसबेला भाजपा विदेश विभाग प्रमुख चौथाइवालेसँग भेटेकी थिइन्। आरजुले भारतीय जनता पार्टीका नेतासँग व्यक्तिगत तहमा सम्बन्ध विस्तारको प्रयास गरिरहेको देखिन्छ। उनी र भाजपाका चौथाइवालेबीच ब्यक्तिगत सम्बन्ध सुमधुर रहँदै आएको बताइन्छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।