आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

दोलखामा एमाले कार्यकर्ताको आतंक, कांग्रेस कार्यकर्तामाथि सांघातिक आक्रमण

दोलखामा एमाले कार्यकर्ताको आतंक, कांग्रेस कार्यकर्तामाथि सांघातिक आक्रमण

  • मिडिया डबली
  • बुधवार, बैशाख २८ २०७९

  • 5.0K
    SHARES

  • दोलखामा एमाले कार्यकर्ताको आतंक, कांग्रेस कार्यकर्तामाथि सांघातिक आक्रमण

    दोलखा - स्थानीय निर्वाचनको दुई दिनअघि दोलखामा एमाले कार्यकर्ताको आतंक बढेको छ । एकै दिन दुई ठाउँमा एमाले कार्यकर्ताले कांग्रेसका उम्मेदवारसहित कार्यकर्तामाथि आक्रमण गरेका छन् ।

    दोलखाको कालिञ्चोक गाउँपालिकामा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा दुईजना घाइते भएका छन् । झडपमा परी कांग्रेसका कार्यकर्ता क्षेत्र कार्की घाइते भएका छन् ।

    उनलाई उपचारका लागि सदरमुकाम चरिकोटस्थित सामुदायिक अस्पतालमा ल्याइएको छ। कार्कीमाथि एमालेका कार्यकर्ताले धारिलो हतियार प्रहार गरेको बताइएको छ। दुई पक्षबीच स्थानीय तह निर्वाचनको विषयलाई लिएर झडप भएको प्रहरीले जनाएको छ ।

    झडपपछि प्रहरीले केही व्यक्तिहरुलाई नियन्त्रणमा लिएको छ । यस्तै, दोलखा मेलुङ गाउँपालिका– ३ घ्याङमा सर्वदलीय बैठक बसेकै स्थानमा एमाले उम्मेदवारहरूसहितको टोलीले आक्रमण गरेको छ।

    आक्रमणबाट कांग्रेस उमेदवार दीर्घलाल तामाङका छोरा घाइते भएको र उनको आँखामाथि गम्भीर चोट लागेको कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिएका छन् ।

    सबै दलबाट तीन–तीनजना जाने र बैठक गर्ने सहमतिविपरीत १४–१५ जनाका समूहमा रहेका एमालेजनद्वारा आक्रमण गरेको र प्रहरीसमेत मूकदर्शक बनेको उनको भनाइ छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, मंसिर २४ २०७८१०:४९:४९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend