काठमाडौं - नेपाली कांग्रेसकी नेतृ डा.आरजु देउवाले २१ भूमिहीन दलित परिवारलाई बाँडिन् जग्गाधनी प्रमाणपत्र वितरण गरेकी छन् ।
शुक्रबार कैलालीको धनगढी उपमहानगरपालिका–९ मा राष्ट्रिय भूमि आयोगले पहिचान र प्रमाणीकरण गरेका २१ भूमिहीन दलित परिवारलाई नेतृ देउवाले जग्गाधनी पुर्जा वितरण गरेकी हुन् ।
उनले देशैभरका भूमिहीनहरुलाई राष्ट्रिय भूमि आयोगले चाँडै जग्गाधनी दर्ता प्रमाणपत्र उपलब्ध गराउन आयोगले प्रक्रिया अगाडि बढाइसकेको बताइन् ।
कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी देउवाले कैलालीका अन्य ठाउँमा पनि सुकुम्बासीलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिने जानकारी दिइन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।