आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

माओवादीसँग तालमेल गर्दा कांग्रेसलाई घाटा हुने नेता एनपी साउदले गरे कांग्रेस चितवनको प्रशंसा

माओवादीसँग तालमेल गर्दा कांग्रेसलाई घाटा हुने नेता एनपी साउदले गरे कांग्रेस चितवनको प्रशंसा

  • मिडिया डबली
  • बुधवार, चैत्र २३ २०७८

  • 6.1K
    SHARES

  • माओवादीसँग तालमेल गर्दा कांग्रेसलाई घाटा हुने नेता एनपी साउदले गरे कांग्रेस चितवनको प्रशंसा

    काठमाडौं - नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले चितवनमा स्थानीय तह र संसदीय निर्वाचनमा माओवादी केन्द्रसँग तालमेल गर्दा आफ्नो पार्टीलाई घाटा हुने बताएका छन् ।

    त्यसैले स्थानीय वा संघीय सिटमध्ये एक रोज्न कांग्रेस चितवनले राखेको अडानको उनले प्रशंसा गरेका छन् ।

    बुधबार नेपाली रेडियो नेटवर्क (एनआरएन) मा नेता साउदले भने, ‘चितवन देशकै आवागमनको ढोका भएको जिल्ला हो । त्यहाँ गत स्थानीय तह निर्वाचनमा ढिलो गरी तालमेल भएको थियो ।

    हामीलाई पार्टीका साथीहरुलाई सम्झाउन नसक्दा गम्भीर विवाद भएको थियो । त्यहाँ संसदीय क्षेत्रमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डजीलाई सघाउने अनि स्थानीय तहको उहाँकी छोरीलाई सघाउने हो भने सबभन्दा पहिलो संगठन भएको नेपाली कांग्रेसलाई न्याय गर्दैन भन्ने बहस उठेको छ ।

    यसमा नेपाली कांग्रेस चितवनको निर्णय परिपक्व छ । तर एउटा स्थानीय तहको कुराले समग्र गठबन्धनलाई प्रभावित गर्न सक्दैन ।’

    नेता साउदले २० प्रतिशत मात्र पकड भएको पार्टीले ८० प्रतिशत पकड भएको पार्टीको समर्थन लिन गाह्रो हुने पनि औंल्याए ।

    उनले थपे, ‘नेपाली कांग्रेसले कन्दीय समितिको बैठकबाट तालमेल गरेर जाने निर्णय गरिसकेको छ । यसबारे विभिन्न चरणमा वार्ता पनि भइसकेको छ ।

    हामीले २०७४ को स्थानीय र आम निर्वाचनमा समानुपातिक तर्फको मतलाई आधार बनाएर उम्मेदवारी फिक्स गर्न सक्छौं ।

    नयाँ समीकरण, संगठनमा आएको परिवर्तन, मतभारका आधारमा तालमेल गर्न सक्छौं । तर माधवजीलाई एमालेले जितेको सबै सिट छाड्दा जित्ने आधार छ कि छैन ? त्यो पनि हेर्नुपर्छ ।

    २० प्रतिशत मात्र पकड भएको पार्टीले ८० प्रतिशतको समर्थन लिन नसक्दा विपक्षीलाई हराउन कठिनाइ हुन्छ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, जेठ २८ २०७८०१:१७:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend