सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

काँग्रेस केन्द्रीय सदस्य डा.आरजु राणा अध्यक्षमा निर्वाचित

काँग्रेस केन्द्रीय सदस्य डा.आरजु राणा अध्यक्षमा निर्वाचित

  • मिडिया डबली
  • बिहिवार, फाल्गुण ५ २०७८

  • 8.6K
    SHARES

  • काँग्रेस केन्द्रीय सदस्य डा.आरजु राणा अध्यक्षमा निर्वाचित

    काठमाडौँ - नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा. आरजू राणा देउवा सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालको अध्यक्षमा निर्वाचित भएकी छिन् ।

    महासंघको बुधबार भएको पाँचौ केन्द्रीय महाधिवेशनबाट अध्यक्षमा डा. देउवालाई सर्वसम्मत चयन गरिएको हो । देउवा महासंघकी संस्थापक अध्यक्षसमेत हुन् ।

    महाधिवेशनबाट आगामी तीन वर्षे कार्यकालका लागि डा. देउवाको टिम निर्विरोध चयन भएको हो । उनीसँगै १२ जना खुला सदस्य र ७ जना सातै प्रदेशबाट सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।

    खुला सदस्यमा दैलेखकी सीताकुमारी राना, नुवाकोटका विष्णुराज नेपाल, काठमाडौँका रविन्द्रबहादुर प्रधान, सुनिल श्रेष्ठ, काठमाडौंकै सुर्यकुमारी श्रेष्ठ, डोटीका प्रसिस महरा, बर्दियाका कृष्णजंग शाह, मोरङकी डा. डिला संग्रौला, नवलपुरकी ओमकला गौतम, चितवनकी शोभा रिजाल अर्याल निर्विरोध निर्वाचित भएका हुन् ।

    यस्तै प्रदेश सदस्यतर्फ प्रदेश नं. १ बाट मिना सुब्बा, मधेस प्रदेशबाट जयवीर शाह, बागमती प्रदेशबाट गंगालक्ष्मी अवाल, गण्डकी प्रदेशबाट ललितकला गुरुङ, लुम्बिनी प्रदेशबाट गोपालप्रसाद पन्थी, कर्णाली प्रदेशबाट रामजंग शाह र सुदूरपश्चित प्रदेशबाट मानबहादुर चन्द निर्विरोध निर्वाचित भएका हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, मंसिर २५ २०७८०४:१८:०४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend