बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

'नेपाल-चीन सीमा समस्याबारे सरकरले अधिकारिक धारणा सार्वजनिक गर्ने गरेकाे घाेषणा स्वागत याेग्य'

'नेपाल-चीन सीमा समस्याबारे सरकरले अधिकारिक धारणा सार्वजनिक गर्ने गरेकाे घाेषणा स्वागत याेग्य'

  • मिडिया डबली
  • मंगलवार, माघ २५ २०७८

  • 4.0K
    SHARES

  • 'नेपाल-चीन सीमा समस्याबारे सरकरले अधिकारिक धारणा सार्वजनिक गर्ने गरेकाे घाेषणा स्वागत याेग्य'
    फाइल तस्बिर

    काठमाडौँ- राष्ट्रिय एकता अभियानले सरकारले नेपाल-चीन सीमा समस्याबारे आधिकारिक धारणा सार्वजनिक गर्न गरेकाे घाेषणाकाे स्वागत गरेकाे छ ।

    सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चीनसँगको सीमा समस्याबारे अध्ययन गरी आधिकारिक धारणा सार्वजनिक गर्ने गरेकाे सरकारी घोषणाको अभियानले स्वागत गरेकाे हाे ।

    अभियानले नेपालको भौगोलिक अखण्डता, स्वाधीनता एवम् सार्वभौमिकताको पक्षमा निरन्तर आवाज उठाउदै आएको आएकाे छ ।

    अभियानका केन्द्रीय अध्यक्ष विनय यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएकाे छ,'नेपालको उत्तरी सिमानामा निरन्तर रूपमा भइरहेको चिनियाँ अतिक्रमण रोक्नु तपाईं हामी सबै सच्चा नागरिकको दायित्व हो। यही मिति २०७८ माघ २४ गते अभियानले चिनियाँ अतिक्रमणविरुद्ध नेपाललाई साथ दिन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेको स्मरण गराउन चाहन्छ।'

    यसै सन्दर्भमा नेपाल सरकारले आज नेपाल-चीन सीमा समस्याबारे अध्यन गरी आधिकारिक धारणा सार्वजनिक गर्ने गरेको निर्णय स्वागत याेग्य रहेकाे अभियानले जनाएकाे छ । साथै अभियालने विज्ञप्तिमार्फत नेपाल सरकारलाई विशेष धन्यवादसमेत दिएकाे छ ।

    binaya yadab.jpg

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २७ २०७८१०:०१:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend