बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

चीनसँग सुटुक्क यस्तो सम्झौता गर्दै ओली सरकार, यसरी राखियो गोप्य !

चीनसँग सुटुक्क यस्तो सम्झौता गर्दै ओली सरकार, यसरी राखियो गोप्य !

  • मिडिया डबली
  • बुधवार, आषाढ २ २०७८

  • 8.6K
    SHARES

  • चीनसँग सुटुक्क यस्तो सम्झौता गर्दै ओली सरकार, यसरी राखियो गोप्य !
    फाइल तस्वीर

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले चीनबाट सुटुक्क कोरोना भाइरस विरुद्धको खोप खरिदका लागि सम्झौता गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

    चीनसँग सम्झौता गर्न खोप खरिद गर्ने प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भेरोसेल खोप खरिदको प्रस्ताव मन्त्रिपरिषद्मा पुर्‍याएको हो ।

    खोप खरिदको प्रस्ताव मन्त्रिपरिषद्मा पुगिसक्दा समेत खरिद गर्ने मात्रा र मूल्यबारे गोप्य राखिएको छ । सरकारले चीनसँग सुटुक्क सम्झौता गरेर खोप खरिद गर्न चाहेको छ ।

    कोरोना महामारीको बेला सुटुक्क खोप खरिद गर्न सकियोस् र खरिद प्रक्रियामा आसेपासेलाई संलग्न गर्न सकियोस् भनेर ओलीले हालै गरिएको मन्त्रिपरिषद् पुनर्गठनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मा शेरबहादुर तामाङलाई दिएका छन् । तामाङले ओलीले जे भन्यो, त्यही मान्ने स्रोतले जनाएको छ ।

    यसअघिका स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले ओली निकटका व्यापारीलाई कमिसन दिन नमान्दा खोप खरिद प्रक्रिया अवरुद्ध भएको थियो । निवर्तमान मन्त्री त्रिपाठीले ओलीले स्वार्थ पूरा नगरेपछि उनलाई हटाएर नयाँ मन्त्री ल्याइएको छ । स्वास्थ्यमन्त्रीमा तामाङ आएपछि चीनबाट सुटुक्क खोप किन्ने प्रक्रिया अगडि बढेको छ ।

    मन्त्रिपरिषद्मा प्रस्ताव लैजानुअघि स्वास्थ्य मन्त्रालयका पदाधिकारीले चिनियाँ अधिकारीसँग छलफल गरिसकेका छन् । चीनले नै मात्रा र मूल्य गोप्य राख्न नेपाल सरकारलाई आग्रह गरेको स्रोतले जनाएको छ । चीनको यस्तो आग्रहलाई शंका गर्न थालिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend