सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

प्रधानमन्त्री पत्नी आरजु राणाले निकालिन् यस्तो वक्तव्य, जबर्जस्ती आफ्नो नाम जोडेको आरोप

प्रधानमन्त्री पत्नी आरजु राणाले निकालिन् यस्तो वक्तव्य, जबर्जस्ती आफ्नो नाम जोडेको आरोप

  • मिडिया डबली
  • बिहिवार, पौष २२ २०७८

  • 5.4K
    SHARES

  • प्रधानमन्त्री पत्नी आरजु राणाले निकालिन् यस्तो वक्तव्य, जबर्जस्ती आफ्नो नाम जोडेको आरोप

    काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा.आरजु देउवाले बतास समूहमा आफ्नो संलग्नता नरहेको स्पष्ट पारेकी छन् ।

    बिहीबार प्रेस नोट सार्वजनिक गर्दै कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी आरजुले विभिन्न संघसंस्थामा आफ्नो नाम जोडेर आएका समाचारप्रति ध्यानाकर्षण भएको उल्लेख गरेकी छन् ।

    ‘सञ्चारमाध्यमहरूमा विभिन्न संघसंस्थामा मेरो संलग्नता भएको भनेर समाचारहरू आएकोमा मेरो ध्यानाकर्ष भएको छ,’ आरजुले भनेकी छन् । उनले ग्रामीण महिला विकास तथा एकेता केन्द्र (रुडुक) नेपालमा संस्थापक अध्यक्ष तथा सल्लाहकार, साथी नेपालको संस्थापक, पूर्वअध्यक्ष तथा सल्लाहकार, सुरक्षित मातृत्व सञ्जाल महासंघको संस्थापक एवं वर्तमान अध्यक्ष, नामीको अध्यक्ष, युलियन्स स्कुलको अध्यक्ष तथा ब्लड डोनर्स एसोसिएसन अफ नेपाल (ब्लोदान)को संरक्षक रहेको र यी संस्थाबाहेक अरु कुनै पनि संस्थाहरूमा सल्लाहकार अथवा अन्य कुनै पदमा आफ्नो संलग्नता नरहेको दाबी गरेकी छन् ।

    केही दिनदेखि आरजु बतास समूहको सल्लाहकार रहेको भन्दै समाचार आइरहेका थिए । बतास समूहले नारायणहिटी दरबार संग्रहालयको जग्गामा रेस्टुरेन्ट बनाइरहेको पाइएपछि प्रधानमन्त्री पत्नी आरजु पनि त्यसमा मुछिएकी हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, मंसिर २५ २०७८०४:१८:०४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend