काठमाडौं - प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा भारतको नयाँ दिल्ली पुगेकी छन् ।
कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी राणा अकस्मात दिल्ली पुगेकी हुन् । उनी दिल्ली जानुको प्रयोजनबारे केही खुलाइएको छैन ।
आइतबार कांग्रेस नेतृ राणासँग भारतीय जनता पार्टी (बीजेपी) का महासचिव विजय चौथाइबालेले भेट गरेका छन् ।
उनले कांग्रेस केन्द्रीय सदस्य राणा व्यक्तिगत कामका लागि नयाँ दिल्ली आएका बेला भेट गरेको जानकारी दिएका छन् ।
पुसको अन्तिम साता प्रधानमन्त्री देउवाको भारत भ्रमण हुन लागेका बेला आरजु राणाको नयाँ दिल्ली भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।