आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

लोकप्रिय युबा नेता शिवाकोटीले दोलखामा गरे कमाल, २ दर्जनबढी नेता कार्यकर्ता कांग्रेसमा पार्टी प्रवेश

लोकप्रिय युबा नेता शिवाकोटीले दोलखामा गरे कमाल, २ दर्जनबढी नेता कार्यकर्ता कांग्रेसमा पार्टी प्रवेश

  • मिडिया डबली
  • आइतवार, पौष २५ २०७८

  • 5.0K
    SHARES

  • लोकप्रिय युबा नेता शिवाकोटीले दोलखामा गरे कमाल,  २ दर्जनबढी नेता कार्यकर्ता कांग्रेसमा पार्टी प्रवेश

    दोलखा - नेपाली कांग्रेसका युवा नेता एवं केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी गृहजिल्ला दोलखा पुगेका छन् ।

    पार्टीको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भएपछि पहिलो पटक गृहजिल्ला पुगेका उनी कांग्रेसी स्थानीय नेता तथा कार्यकर्ताको बधाई तथा सम्मान खान व्यस्त रहेका छन् ।

    साथै उनी पार्टीको लक्ष्य अनुरुप विभिन्न दलका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउनसमेत व्यस्त भएका छन् । शनिबार दोलखाको उत्तरी क्षेत्र गौरीशंकर गाउँपालिकाको वडा नम्बर ३ र ४ झ्याकुको आयोजनामा भएको कार्यक्रममा उनी सहभागी भए ।

    उनलाई सो कार्यक्रममा दोसल्ला ओढाई सम्मासमेत गरिएको थियो । उनले वडा नम्बर ३ कांग्रेस वडा कार्यसमिति कार्यालयको उद्घाटनसमेत गरे । उनले सोही कार्यक्रममा विभिन्न दल त्यागेका दुई दर्जनबढी नेता कार्यकर्तालाई पार्टी प्रवेश गराए ।

    साथै उनले शनिबारै नेपाल निजामती कर्मचारी युनियन दोलखाको नवौं अधिवेशन उद्घाटनसमेत गरे । उक्त कार्यक्रममा सहभागी भएर टीकाबहादुर खत्री नेतृत्वमा निर्विरोध कार्यसमितिलाई प्रमाणपत्र वितरणसमेत गरेका छन् ।

    उनले त्यहाँ निजामति सेवाबाट निवृत भएकाहरुलाई कदरपत्रसमेत प्रदान गरेका छन् । नेता शिवाकोटीलाई आइतबार उनको आफ्नै वडामा वडाकार्यसमितिले बधाईसहित सम्मान गर्दैछ ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, मंसिर २४ २०७८१०:४९:४९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend