कञ्चनपुर - नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउँद महाकालीको बाढी प्रभावित क्षेत्रमा पुगेका छन्। आइतबारदेखिको लगातार वर्षाका कारण महाकाली नदीमा बाढी आएको छ।
महाकाली नदीमा पछिल्लो सात दशकयताकै सबैभन्दा बढी पानीको वहाब आएको छ। महाकाली नदीमा सोमबार पानीको वहाब पाँच लाख ३१ हजार क्यसेक रहेको जनाइएको छ।
बाढीका कारण महाकालीको भुजेला क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ। उक्त क्षेत्रमा पुगेर पूर्वमन्त्रीसमेत रहेका नेता साउँदले स्थानीयहरुलाई सुरक्षित ठाउँमा जान आग्रह गरेका छन्।
त्यसैगरी स्थानीय, प्रदेश र केन्द्र सरकारसँगै प्रशासन र सरोकारवालाहरुलाई तत्काल उद्धार र राहतमा खटिनसमेत आग्रह गरेका छन्। उनले भने, 'बेमौसमी वर्षाका कारण आएको बाढीले किसानहरुको धानबाली नस्ट गरेको छ। एकतर्फ जीवन कसरी जोगाउने भन्ने चिन्ता बढेको छ भने अर्कोतर्फ जीवन जोगाउन सफल भएमा वर्षभरी के खाने भन्ने चिन्ता बढेको छ। तत्काल सरकारले यसको लगत संकलन गर्दै क्षतिपूर्ति दिनुपर्छ।'
उनले यसका लागि आफूले पहल गर्नेसमेत बताएका छन्। नेता साउँद सिचाईंमन्त्री भएको समयमा भुजेलाको बस्ती जोगाउनका लागि बनाइएको पाँच किलोमिटरको तटबन्धको पनि उनले निरीक्षण गरेका छन्।
आफ्नो पुर्ख्यौंली घर डडेल्धुरा पुगेका नेता साउँद बाढी आएको थाहा पाउनेबित्तिकै कञ्चनपुर पुगेका थिए। उनले स्थानीयहरुलाई सतर्कता अपनाउनसमेत आग्रह गरेका छन्।



मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।