बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

दसैंका लागि नेपाल भित्र्याउन खोजिएका सामान चीनले सीमामै रोक्यो, व्यवसायी आक्रोशित

दसैंका लागि नेपाल भित्र्याउन खोजिएका सामान चीनले सीमामै रोक्यो, व्यवसायी आक्रोशित

  • मिडिया डबली
  • शुक्रवार, आश्विन ८ २०७८

  • 4.3K
    SHARES

  • दसैंका लागि नेपाल भित्र्याउन खोजिएका सामान चीनले सीमामै रोक्यो, व्यवसायी आक्रोशित

    काठमाडौं - दसैँका लागि नेपाली व्यवसायीले झिकाएका सामान बोकेका कन्टेनरका लस्कर सीमापारि चिनियाँ नाकामा रोकिएका छन् । 

    सिमानामा एक हजारभन्दा बढी कन्टेनरले पालो पर्खिँदा चिनियाँ अधिकारीले समयमा जाँच पास नगर्दा आयातकर्ताको मालसामान दसैँमा बेच्न पाउने आश मारेको बताइएको छ ।

    चिनियाँ नाकामा सामान रोकिँदा व्यापार प्रभावित भएको छ । सरकारको लापर्बाहीका कारण उत्तरी नाकामा भन्सार पास नहुँदा दशैँका लागि आएका सामानहरू दशौँ दिनसम्म रोकिन पुगेका छन् । दशौँ दिनसम्म नाकामा सामान रोकिँदा दशैँको व्यापारलाई असर गरेको व्यापारीले गुनासो गरेका छन् ।

    ‘नाकामा सामान रोकिँदा दशैँको व्यापार चौपट भयो’, नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटवालले भने ।
    अहिले दशैँका लागि बजारमा सामान नै नभएकाले व्यवसायीहरूले पुराना तथा नेपाली सामान मात्रै बेचिरहेको उनले बताए । दशैँमा सबैभन्दा बढी कारोबार हुने भए पनि सामान रोकिँदा व्यवसायीहरू मारामा परेको व्यवसायीको गुनासो छ ।

    ‘व्यवसायीले घरखेत धरौटीमा राखेर सामान हालेका हुन्छन्, समयमा सामान नआउँदा व्यवसायीहरूको उठीबास लागेको छ’, अध्यक्ष कटवालले भने ।

    सरकारले हरेक वर्षका चाडबाडमा यस्तो लापर्बाही गर्दै आएको छ । सामान आउन ढिला भएपछि नेपाली व्यवसायीहरूले करोडौँ रुपैयाँ घाटा बेहोर्नुपरेको अध्यक्ष कटवाल बताउँछन् । भन्सारका कर्मचारीहरू सरुवा भएको तथा कोरोना पोजेटिभ भएका कारण मात्रै होइन कि नाकामा पहिलेदेखि नै समस्या आएका कारण पनि हरेक वर्षजसो सामान आयातमा समस्या हुँदै आएको छ ।

    तातोपानी र रसुवा स्थलमार्गबाट हुँदै आएको निर्यात व्यापार ६ वर्षदेखि पूर्ण रूपमा बन्द छ । भूकम्पपछि लगातार बन्द तातोपानी नाका चार वर्षपछि खुले पनि दैनिक १० कन्टेनरभन्दा बढी सामान आयात गर्न बन्देज लगाइएको छ ।

    चीनले रसुवाबाट पनि दैनिक ९ कन्टेनर मात्र आयात गर्ने अनुमति दिएको छ । नेपालीले चीनमा खरिद गरेको सामान ल्याउन पाए पनि यताको व्यापारिक वस्तु उता बेच्न भने पाइँदैन्।

    दुवै नाकाबाट नेपालीको आउजाउमा ‘अघोषित प्रतिबन्ध’ छ । नाकाको सडक वर्षौंदेखि जीर्ण भए पनि यसको निर्माण र मर्मत सरकारको प्राथमिकतामा देखिँदैन । सीमा भन्सारका उच्च पदाधिकारबीच हुँदै आएको बैठक दुई वर्षदेखि बसेको छैन ।

    चीनसँग जोडिएका यी दुई नाकालाई असजिलो पर्दा सघाउने वैकल्पिक मार्गका रुपमा हेरिने गरे पनि आयात–निर्यातमा देखिएको समस्या हल गर्न दुवै मुलुकको अग्रसरता देखिएको छैन । यसको प्रभाव व्यापारिक कारोबारमा सबैभन्दा धेरै परेको छ ।

    उक्त ढुवानी सेवा सुचारु गर्न चीनको गोन्जाउस्थित महावाणिज्य दूतावास र बेजिङस्थित राजदूतावासमा आवश्यक समन्वय भइरहेको एनआरएनए चीनका महासचिव यादव अर्यालले जानकारी दिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ११ २०७७०६:२८:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend