बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

हुम्लाका स्थानीय भन्छन् - चीनद्वारा नेपाली भूमि मिचिएकै हो

हुम्लाका स्थानीय भन्छन् - चीनद्वारा नेपाली भूमि मिचिएकै हो

  • मिडिया डबली
  • बुधवार, आश्विन ६ २०७८

  • 3.9K
    SHARES

  • हुम्लाका स्थानीय भन्छन् - चीनद्वारा नेपाली भूमि मिचिएकै हो

    काठमाडौं - हुम्लाका स्थानीयवासीहरुले चीनले नेपालको भूमी मिचेको ठोकुवा गरेका छन् । हुम्लाका स्थानीय कोटन्व तामाङले पिलर नै नयाँ राखेको र नेपाली भूमिमा भवनहरु बनाएर बार समेत लगाएको बताएका छन् ।

    उनले भने, ‘ नेपाली भूमी चीनले मिचेकै हो, पुरानो पिलर नै गायब पारिएको छ।’ १२ नम्बर पिलर राख्दा जनप्रतिनिधिलाई जानकारी नगराइएको र स्थानीय मान्छे पनि नराखी परिवर्तन गरिएको उनले बताए ।

    उनले भने,‘चिनियाँ प्रहरी आएर हामीलाई धम्क्याउने गर्छन, हाम्रो कुरै नसुन्ने, एकलौटी रुपमा सिमानमा जे मन लायो त्यही गर्ने जस्ता क्रियाकलापले नेपाली भूमि मिचेको प्रमाणित हुन्छ।’

    त्यस्तै अर्का स्थानीयका अनुसार नेपालको भूमिमा चीनले बार लगाएको छ । ती स्थानीयले भने,‘ नेपाली भूमि नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को लिमी क्षेत्रको लाप्चामा पर्ने ललोङजोङमा ३÷४ वर्ष अगाडि कुनै भवन थिएन, कुनै बार लगाइएको थिएन, अहिले बार लगाएको पनि देखिन्छ, नेपाली भूमिमा चिनियाहरुले भवन बनाएको पनि देखिन्छ।’

    नाम्खा गाउँपालिका उपाध्यक्ष पेमा तामाङले पनि भवनहरू नेपाली भूमिमै बनेको पाइएको बताए । भवनहरू नेपाली भूमिमा रहे पनि केपी ओलीको सरकारले हतारोमा सो भूमि चीनकै स्वामित्वमा रहेको बताउँदा स्थानीयहरू भने चिन्तितसँगै आक्रोशित भएको उनले बताएका थिए ।

    चिनियाँहरूले भवन बनाएको ठाउँभन्दा पर ग्यापुदोचा भन्ने ठाउँको पानी ढलो भएदेखि यता नेपाल उता चीन रहेकोमा उनीहरूले अतिक्रमण गरी भवनहरू बनाउँदा पनि तत्कालीन केपी आली सरकार सीमा मिचिएको होइन भनेर बसेकामा नाम्खा ६ का वडा अध्यक्ष पाल्जोर तामाङ गुनासो गर्छन् ।

    वडा अध्यक्ष पाल्जोर तामाङले चिनियाँहरूले करिब डेढ किलोमिटर वर ललुङजोङको नेपाली भूमीमा आएर भवनहरू बनाएको बताएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ११ २०७७०६:२८:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend