बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

चीनले नेपाली सीमास्तम्भ कहाँ–कहाँ मिच्यो ? हेलिकप्टरबाट एकेक हिसाब निकाल्दै अध्ययन समिति

चीनले नेपाली सीमास्तम्भ कहाँ–कहाँ मिच्यो ? हेलिकप्टरबाट एकेक हिसाब निकाल्दै अध्ययन समिति

  • मिडिया डबली
  • शुक्रवार, आश्विन १ २०७८

  • 6.8K
    SHARES

  • चीनले नेपाली सीमास्तम्भ कहाँ–कहाँ मिच्यो ? हेलिकप्टरबाट एकेक हिसाब निकाल्दै अध्ययन समिति
    फाइल तस्बिर

    काठमाडौं - चीनले मिचेको नेपाली सीमा अध्ययन गर्न गएको समितिले हेलिकोप्टरबाट अध्ययन थालेको छ । समितिको टोलीले हुम्लामा पर्ने ३, ४ र ११ नम्बरको सीमास्तम्भ हेलिकोप्टरबाट अध्ययन गर्ने भएको हो। 

    नाम्खा गाउँपालिका– ६ लिमिलाप्चा १२ नम्बरको सीमास्तम्भ अध्ययन गरी ३, ४ र ११ नम्बरको सीमास्तम्भ अध्ययन गर्न नेपाली सेनाको हेलिकोप्टर शुक्रबार हिल्सातर्फ उडेको हो।

    नाम्खा गाउँपालिका– ५ स्थित पाँच हजार एक सय २५ मिटरको उचाइ चिम्ला भञ्ज्याङको ३ नम्बर सीमास्तम्भ, पाँच हजार दुई सय ५० मिटर उचाइमा रहेको नुमुचे टुप्पाको ४ नम्बर सीमास्तम्भ र पाँच हजार दुई सय मिटर उचाइ टाकुलेको ११ नम्बर सीमास्तम्भ अध्ययन गर्न लागिएको हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिएका छन् । 

    गृह मन्त्रालयका सहसचिव जयप्रसाद आचार्यको नेतृत्वमा रहेको टोली शुक्रबार नै सुर्खेत फर्किनेछ। सीमास्तम्भको अध्ययन गर्न अध्ययन समितिको टोली गत भदौ २७ गते लाप्चा गएको थियो। टोलीमा नापी विभागदेखि अन्य सम्बन्धित क्षेत्रका प्रतिनिधिहरू सहभागी छन्।

    सरकारले चीनसँग सीमा जोडिएको हुम्लाको नाम्खा गाउँपालिका नेपाली भूभाग अतिक्रमण भए–नभएको सम्बन्धमा टोली स्थलगत अध्ययनमा खटाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ११ २०७७०६:२८:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend