काठमाडौं - नेपाली कांग्रेसका युवा नेता धनराज गुरुङले भ्रष्टाचार काण्डहरुको छानबिन अघि बढाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन् ।
यसअघिका सरकारहरूले भ्रष्टाचार काण्डका धेरै कुरा गर्ने तर नारामै सीमित बनेको भन्दै गुरुङले प्रधानमन्त्रीलाई झक्झक्याएका हुन् ।
नेता गुरुङले यसअघि सुशील कोइराला र केपी ओली प्रधानमन्त्री हुँदा पनि भन्ने एउटा गर्ने अर्को भएको भन्दै अहिलेको सरकारले भ्रष्टाचार काण्डहरुको छानबिन गर्नुपर्ने बताए ।
‘सुशील कोइरालाले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा घन्काए। नारामै सीमित भयो, केपी ओलीले भ्रष्टाचारीको मुखै हेर्दिन भने, ठट्यौलीमै सीमित भयो।, शेरबहादुर देउवाले भ्रष्टाचारका काण्डहरुको छानबिन गर्ने भनेका छन्, न्यूनतम साझा कार्यक्रममै सीमित नहोस्,’ गुरुङले भनेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।