बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

नेकपासंगै 'सती' जानु हुदैन, कांग्रेसमा उठ्यो बहस

नेकपासंगै 'सती' जानु हुदैन, कांग्रेसमा उठ्यो बहस

  • मिडिया डबली
  • आइतवार, मंसिर ७ २०७७

  • 12.7K
    SHARES

  • नेकपासंगै 'सती' जानु हुदैन, कांग्रेसमा उठ्यो बहस

     काठमाडौं - नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी भित्रको विवादका कारण पार्टी फुटको संघारमा रहेको संकेत गर्दै प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवासँग शनिबार छलफल गरे। छलफलमा ओलीले पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवालाई आठ वटा मन्त्रालय दिन तयार रहेको खबरहरु बाहिरिएका छन्।

    देउवाले यस विषयमा पार्टीमा छलफल गरेर उचित जवाफ फर्काउने बाचा ओलीसँग गरेका छन्। ओलीले कांग्रेससँग सत्ता साझेदारी गर्न प्रस्ताव गरेको खबर बाहिरिएपछि कांग्रेसका नेता धनराज गुरुङले सभापति देउवालाई नेकपासँग सती जान नहुने भन्दै आग्रह गरेका छन्।

    नेता गुरुङले ट्वीटरमा सभापति देउवालाई मेन्सन गर्दै लेखेका छन्, ‘श्रद्धेय सभापति ज्यु! यदि यो समाचार सत्य हो भने म विनम्रताका साथ अनुरोध गर्न चाहन्छु । कांग्रेसलाई ५ बर्षको लागि प्रतिपक्षमा रहेर कार्य गर्ने जनादेश छ। नेकपाको सत्ता भाँडभैलोमा सहभागी भएर नेकपासँगै कांग्रेस सती जानु हुँदैन। जय नेपाल!’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, मंसिर १७ २०७९०७:१५:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend