काठमाडौं — नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हुने मतदानको समय फेरि सारिएको छ।
निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार यसअघि बिहान १० बजेदेखि सुरु गर्ने भनिएको मतदान अब दिउँसो १ बजेदेखि सुरु हुने भएको छ।
यसअघि निर्वाचन समितिले बिहान ७ बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो। तर, वर्षा र प्राविधिक समस्याका कारण मतदानको समय बिहान १० बजेसम्म सारिएको थियो।
१० बजे मतदान सुरु हुने तयारी भइरहेका बेला पनि आवश्यक व्यवस्थापन तथा प्राविधिक तयारी पूरा गर्न थप समय लाग्ने भएपछि निर्वाचन समितिले मतदानको समय पुनः सारेर दिउँसो १ बजे पुर्याएको हो।
नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि काठमाडौंको राष्ट्रिय सभा गृह र खुलामञ्चमा मतदान केन्द्र तथा आवश्यक बुथहरू निर्माण गरिएका छन्। मतदानको समय पटक–पटक परिवर्तन भएपछि महाधिवेशन प्रतिनिधिहरू मतदान सुरु हुने नयाँ समयको प्रतीक्षामा रहेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।