बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

कांग्रेसको सदस्य र नेपाल दलित संघको अध्यक्षबाट मीन विश्वकर्माले दिए राजीनामा 

कांग्रेसको सदस्य र नेपाल दलित संघको अध्यक्षबाट मीन विश्वकर्माले दिए राजीनामा 

  • मिडिया डबली
  • बुधवार, भाद्र १६ २०७८

  • 8.4K
    SHARES

  • कांग्रेसको सदस्य र नेपाल दलित संघको अध्यक्षबाट मीन विश्वकर्माले दिए राजीनामा 
    काठमाडौं, १६ भदाै - मीनबहादुर विश्वकर्माले नेपाली कांग्रेसको सदस्य र नेपाल दलित संघको अध्यक्षबाट राजीनामा दिएका छन् । कांग्रेसले दलित समुदायको सहभागितालाई प्राथमिकता नदिएको भन्दै उनले राजीनामा दिएका हुन् ।

    पार्टी सभापतिलाई सम्बोधन गर्दै बुझाएको राजीनामा पत्रमा उनले उल्लेख गरेका छन्, ‘कांग्रेस पार्टीमा दलित समुदायको सहभागिता केही समय पश्चात नै शून्य हुने देख्दादेख्दै पनि यस पार्टीको म एक जिम्मेवार सदस्य र यसै पार्टीको सम्बन्धित समुदायलाई संगठित गर्ने भातृ संस्था नेपाल दलित संघको केन्द्रीय अध्यक्ष हुनुको नाताले यस्तो त्रुटिपूर्ण, अव्यवहारिक एवं अन्यायपूर्ण नीति नियम लागु हुँदा टुलुटुलु हेरेर बस्न नैतिकरूपले नमिल्ने र नसक्ने भएकोले आजैका मितिदेखि लागु हुनेगरि उल्लेखित दुवै पदबाट राजीनामा गरेको छु ।’ 

    सभापतिलाई सम्बोधन गरिएको उनको राजीनामाको पूर्णपाठ :

    मितिः १६ भदाै २०७८

    सम्माननीय सभापतिज्यू, 
    नेपाली कांग्रेस, केन्द्रीय कार्यसमिति, वीपी नगर सानेपा, ललितपुर ।

    विषयः राजीनामा सम्बन्धमा ।

    महोदय,

    नेपाली कांग्रेस पार्टीले स्थापना कालदेखि अभ्यास गर्दै आएको जातीय, क्षेत्रीय, लिङ्गीय समावेशीतालाई नवौं महाधिवेशनदेखि क्रमशः स्थानीय वडा तहदेखि केन्द्रीय तहसम्म प्रयोग गर्दै आई एघारौं, बाह्रौं र तेह्रौं महाधिवेशनमा विधान बमोजिम नै प्रत्येक वडावाट न्यूनतम ५ मा १, ७ मा १ र ९ मा १ जना र प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट ११ मा १ जना दलित महाधिवेशन प्रतिनिधि हुने सुनिश्चित प्रावधान गरेको थियो ।

    जसको आधारमा कम्तीमा जम्मा जनसंख्याको ८ दशमलव ५ प्रतिशत दलित प्रतिनिधित्व हुँदै आएको थियो । वर्तमान विधानको गलत व्याख्या गर्दै बनाइएको असमावेशी निर्वाचन निर्देशिकाका अतिरिक्त जालझेल पूर्ण तरिकावाट बिना छलफल लागु गरिएको भनिएको निर्वाचन निर्देशिकाले उपत्यका लगायत मुलुकभरका दलित समुदायलाई पार्टी प्रवेश र प्रतिनिधित्वमा पूर्णतः निशेध गर्ने देखिएको छ । तर, पार्टीमा सधै बर्चश्व रहेको जाती, वर्ग, समुदायको सहभागिता र प्रतिनिधित्वको दर भने वृद्धि भएको देखिन्छ । एघारौं महाधिवेशन सम्माननीय सभापतिज्यू आफैले प्रारम्भ गर्नु भएको “कदमजम“ सिद्धान्तको खिल्ली उडाएकोछ । यसरी पडयन्त्र मुलक ढंगवाट दलित समुदायलाई अपमान र अन्याय हुनेगरि लागु गरिने निर्वाचन निर्देशिका नेपाल दलित संघका लागि मान्य हुन सक्दैन । यो प्रवृत्तिले नेपाली कांग्रेस पार्टीमा दलित समुदायको सहभागिता केहि समय पश्चात नै शुन्य हुने देख्दादेख्दै पनि यस पार्टीको म एक जिम्मेवार सदस्य र यसै पार्टीको सम्बन्धित समुदायलाई संगठित गर्ने भातृ संस्था नेपाल दलित संघको केन्द्रीय अध्यक्ष हुनुको नाताले यस्तो त्रुटिपूर्ण, अव्यवहारिक एवं अन्यायपूर्ण नीति नियम लागु हुँदा टुलुटुलु हेरेर वस्न नैतिक रुपले नमिल्ने र नसक्ने भएकोले आजैका मिति देखि लागु हुनेगरि उल्लेखित दुवै पदबाट राजीनामा गरेको छु । साथै, पार्टीको सिद्धान्त, नीति र आदर्श प्रति प्रतिबद्धरहि न्याय, समानता र स्वतन्त्रताकालागि सधैव लडी रहने प्रण गर्दछु । जयनेपाल ।

    मीन विश्वकर्मा

    अध्यक्ष, नेपाल दलित संघ

    सदस्य, नेपाली कांग्रेस केन्द्रीय समिति

    meen.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ १९ २०८००९:४८:३४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend