काठमाडौं – नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले कोरोना भाइरसले नित्म्याएको निधनसँगको लडाइँलाई जितेको जनाएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टेटस लेख्दै नेता विश्वकर्माले स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन् । विश्वकर्माले काठमाडौंको ग्रान्डी अस्पतालमा उपचार गराएका हुन् ।
‘वरिष्ठ चिकित्सक डा. सुभाष आचार्यको प्रत्यक्ष एवं आत्मीय निगरानीमा अस्पतालका चिकित्सकहरूको समूहसँगै अति स्नेही सेवा गर्ने नर्शहरूले मलाई पुनर्जीवन दिएको महसूस गरेको छु,’ उनले लेखेका छन्, ‘उक्त सफल परिणामका लागि मुख्य अभिभावकको रूपमा अहोरात्र लागि पर्ने आदरणीय पार्टी सभापति शेरबहादुर देउवा, पार्टी पदाधिकारीहरू एवं केन्द्रीय सदस्यहरू, प्रमुख सचेतक मा. बालकृष्ण खाणको सक्रियता र योगदान अविस्मरणीय मात्रै होइन, हृदयस्पर्सी पनि भएको पाएको छु ।’
यस्तो छ विश्वकर्माले लेखेको स्टेटस –
कोभिड -१९ बाट सन्क्रमित भइ पहिले कर्तिक ९ गते वीर अस्पताल र स्वास्थ अवस्था झन जटिल भए पछि ११ गते राती ग्रान्डी अस्पतालमा चिन्ताजनक अवस्थामा पुर्याईएको थिए ! बरिस्ठ चिकित्सक डा. सुभाष आचार्यको प्रत्यक्ष एबम आत्मिय निगरानीमा उक्त अस्पतालका चिकित्सकहरुको समुह सङ्गै अति स्नेही सेवा गर्ने नर्शहरुले मलाई पुनर्जीवन दिएको महसुस गरेको छु !
उक्त सफल परिणामका लागि मुख्य अभिभावकको रुपमा अहोरात्र लागि पर्ने आदरणीय पार्टी सभापति शेर बहादुर देउबा, पार्टी पदाधिकारीहरु एबम केन्द्रीय सदस्यहरु,प्रमुख सचेतक मा. बालकृष्ण खाणको सक्रियता र योगदान अबिस्मरणिय मात्रै होइन हृदयस्पर्सी पनि भएको पाएको छु !
शुरुकै अबस्थामा देखि मेरो स्वास्थबारे चासो र चिन्ता ब्यक्त गर्दै प्रभावकारी उपचारका लागि कृयाशिल हुनु हुने सम्माननिय सभामुख, माननीय साम्सदहरु, कानुन समिती सभापती र सम्सदका महासचिव लगायत सबै कर्मचारी मित्रहरु प्रती हार्दिक आभार प्रकट गर्दछु !
मेरो स्वास्थ अवस्था जटिल बन्दै जादा माया र चिन्ताले दलित आन्दोलनका सहयात्री विभिन्न राजनैतिक सङगठन तथा नागरिक समाजका अग्रज नेताहरुले देखाएको अभुतपुर्व एकता, माया, सहयोग र सरकारलाई दिएको प्रभावकारि दवावले मलाई उद्देलित गराउदै थप हौसला बढाएको छ !
साथै जीवन र मृत्युको दोसाँधमा हुँदा नेपाल सरकार, महाममिम रास्ट्रपति,सम्माननीय प्रधानमन्त्री, मा. स्वास्थ मन्त्री लगायत मा. मन्त्रीहरु एबम माननीय सुभाष नेम्वाङले थप उपचारका लागि गर्नु भएको प्रयाश र योगदानले मलाई भावुक बनाएको छ!
म ग्रान्डी अस्पतालको आइ. सि. यु. र भेन्टिलेटरमा अचेत अबस्थामा लडिरहदा मेरो स्वास्थ अवस्था बारे हरपल चासो राखी सन्चार माध्यमबाट निरन्तर सुचना प्रभाह गर्ने सबै प्रिय संचारकर्मी साथिहरु, मलाई बचाउन स्वदेश तथा बिदेशबाट भगवान सङग प्रार्थना गरि आस्था बमोजिम पुजा गर्ने सम्पुर्ण मेरा प्रिय साथीहरू, परिवार एबम आफन्तजन प्रती हार्दिक नमन गर्दछु !
अन्त्यमा, ३६ दिनको अस्पताल बसाई पछि घर आएको पनि आज १६ दिन भयो ! अझै लगातार बोल्न र हिड्न सकिरहेको छैन !
अत: लामो समय पछि आज देखि सामाजिक संजालमा उपस्थित भएको छु ! फोन कल होइन सन्देश लेख्न अनुरोध गर्दछु ! जय नेपाल !!
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।