काठमाडौँ- कोरोना संक्रमण र निमोनियाले स्वास्थ्य अवस्था बिग्रँदै गएपछि प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका नेता मीन विश्वकर्मालाई भेन्टिलेटरमा राखेर उपचार गरिएको छ।
आइसियुमा रहेका विश्वकर्मालाई शनिबारदेखि भेन्टिलेटरमा राखिएको हो। उनी ग्राण्डी अस्पतालमा उपचाररत छन्।
विश्वकर्माका सहयोगी आकाश उप्रेतीले भने ‘उहाँलाई हिजो भेन्टिलेटरमा राखेको हो। अवस्था गम्भीर छ,’ ‘निमोनियाले फोक्सोलाई ७० प्रतिशत प्रभावित बनाएको भन्ने छ।’
‘उहाँको फोक्सोभित्र कोरोना भाइरस छ। त्यसलाई उहाँको शरीरको इम्युनिटी प्रणालीले कसरी हटाउन सक्छ। बिग्रेको फोक्सो कसरी सुधार हुन्छ त्यसमा नै उहाँको स्वास्थ्य निर्भर रहन्छ,’ उनले भने।
‘उहाँ भेन्टिलेटरमा हुनुहुन्छ। स्वास्थ्यमा सुधार आउन केहि समय लाग्छ भन्ने डाक्टरहरूको भनाइ छ,’ उनले भने। उनको स्वास्थ्य अवस्था बिग्रेका कारण भेन्टिलेटरमा सार्नुपरेको अस्पतालले जनाएको छ।
विश्वकर्माको उपचारमा सहयोग गर्न कांग्रेसले प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीलाई आग्रह गरेको थियो।
कांग्रेस सचेतक बालकृष्ण खाँणले प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई शनिबार टेलिफोन गरी विश्वकर्माको स्वास्थ्य उपचारमा सहयोग गर्न आग्रह गरेका हुन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।